२१ कात्तिक २०८३, शनिवार

'ऋण दुरुपयोगमा छानबिन भएन'

२०७२ वैशाख १, मङ्गलबार
'ऋण दुरुपयोगमा छानबिन भएन'
काठमाडौं । बैंक तथा वित्तीय संस्थाबाट विभिन्न परियोजनाका लागि ऋण लिएर अर्कैमा लगानी गर्नेमाथि कारवाही नहुने गरेको पाइएको छ।
style="text-align: justify;">
style="text-align: justify;">महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनअनुसार व्यवसायीले ऋणको दुरुपयोग गरे पनि राष्ट्र बैंकले उनीहरूमाथि कारवाही गरेको छैन।
style="text-align: justify;">महालेखाले आर्थिक वर्ष २०६७/६८ देखि आर्थिक वर्ष २०६९/७० सम्मका केही कर्जा दुरुपयोग गर्ने फर्मको उदाहरण आफ्नो वार्षिक प्रतिवेदनमा पेस गरेको छ। प्रतिवेदनमा क र्जा दुरुपयोग गर्ने फर्मको नाम सार्वजनिक नगरे पनि यसरी ऋण दुरुपयोग गर्नेमा स्टिल उद्योग,अटोमोवाइल्स ट्रेडिङ कम्पनीदेखि शैक्षिक संस्था सम्म रहेका छन्।
> style="text-align: justify;">राष्ट्र बैंकका प्रवक्ता मिनबहादुर श्रेष्ठले बैंक तथा वित्तीय संस्थाले सहयोगी भूमिका नखेलेको कारण ऋण दुरुपयोग गर्ने व्यवसायीलाई कारवाही गर्न नसकिएको बताए।
style="text-align: justify;"> style="text-align: justify;">‘राष्ट्र बैंकले यसमा नियन्त्रण गर्न सूक्ष्म निगरानीको व्यवस्था कार्यान्वयनमा ल्याएको हो’,उनले भने’ यस्तो व्यवस्थाले एउटा परियोजनामा ऋण लिएर अर्को परियोजाना लगानी गरेको ऋण सूक्ष्म निगरानीमा राख्नुपर्छ। यसले गर्दा दुरुपयोग गर्नेलाई कारवाही गर्न सजिलो हुन्छ।’ style="text-align: justify;"> style="text-align: justify;">बैंकिङ कसुर तथा सजाय ऐन २०६४ अनुसार एउटा प्रयोजनका लागि लिइएको ऋण अर्को प्रयोजनमा प्रयोग गर्नेलाई एक करोडसम्म जरिमाना वा तीनदेखि पाँच वर्षसम्म जेल सजाय वा दुवै हुने व्यवस्था छ। style="text-align: justify;"> style="text-align: justify;">तर,अहिलेसम्म पनि एउटा परियोजनामा ऋण लिएर अर्को परियोजनामा लगानी गर्ने व्यवसायी माथि बैंकिङ कसुर ऐन अन्तर्गत कारवाही भएको उदाहरण छैन। style="text-align: justify;"> style="text-align: justify;">महालेखको प्रतिवेदनअनुसार एउटा व्यवसायी फर्मले ३० करोड ऋण लिएकोमा त्यो सबै ऋण अर्को परियोजनामा लगानी गरेको भेटिएको उदाहरण प्रस्तुत गरेको छ।’ style="text-align: justify;"> style="text-align: justify;">यसरी बैंकबाट लिएको ऋण दुरुपयोग गर्ने ऋणीलाई कारवाही भएको भेटिएन’ महालेखाले आफ्नो प्रतिवेदनमा भनेको छ।  ऋण दुरुपयोग रोक्न नियमनकारी निकाय र सरोकारवाला निकायबीच समन्वयन हुन आवश्यक भएको सुझाव दिएको छ। style="text-align: justify;"> style="text-align: justify;">राष्ट्र बैंकले सूक्ष्म निगरानीको व्यवस्था कार्यान्वयनमा ल्याएपछि उखु मिलले किसानका लागि भुक्तानी गर्न लिएको ऋण अर्को प्रयोजनमा लागि प्रयोग गरेको खुलेको थियो। style="text-align: justify;"> style="text-align: justify;">सूक्ष्म निगरानीको व्यवस्था कार्यान्वयनमा आएपछि उखु मिलमा दिएको कर्जा अन्य प्रयोजनमा प्रयोग भएको देखिएको भन्दै त्यसको जानकारी राष्ट्र बैंकमा गराएका थिए। style="text-align: justify;"> style="text-align: justify;">पछिल्लो एक वर्षमा एक खर्ब रुपैयाँले कर्जा लगानी बढे पनि त्यसको असर आर्थिक क्रियाकलापमा परेको देखिएको छैन। वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरू आफैले पनि ऋणको दुरु पयोग भएको सार्वजनिक कार्यक्रममा स्वीकार गरेका छन्। style="text-align: justify;"> style="text-align: justify;">सस्तो ब्याजदरमा नेपालमा ऋण लिएर भारतमा महँगो ब्याजदरमा ऋण लगानी गर्ने प्रवृत्ति नौलो भने होइन। अहिले भारतमा औसतमा एक वर्षे निक्षेपमा नौं प्रतिशत निक्षेपको ब्याजदर छ। style="text-align: justify;"> style="text-align: justify;">यस्तै नेपालबाट भारतीय जीवन बिमा कम्पनीमा पनि आकर्षक लाभांश पाउने आशमा लगानी गर्नेको संख्या पनि बढी रहेकाे अाजकाे अन्नपूर्ण दैनिकमा खबर छ । class="fb-background-color"> class = "fb-comments" data-href = "http://www.sahakarikhabar.com/2015/04/14/%e0%a4%8b%e0%a4%a3-%e0%a4%a6%e0%a5%81%e0%a4%b0%e0%a5%81%e0%a4%aa%e0%a4%af%e0%a5%8b%e0%a4%97%e0%a4%ae%e0%a4%be-%e0%a4%9b%e0%a4%be%e0%a4%a8%e0%a4%ac%e0%a4%bf%e0%a4%a8-%e0%a4%ad%e0%a4%8f%e0%a4%a8/" data-numposts = "10" data-lazy = "true" data-colorscheme = "light" data-order-by = "social" data-mobile=true>

अभिलेख

लोकप्रिय