यार्चा टिप्न परिचयपत्र अनिवार्य
काठमाडौं । वन मन्त्रालयले यो वर्षदेखि यार्चागुम्बु संकलन गर्न जानेहरूलाई परिचयपत्र अनिवार्य गर्ने भएको छ । मन्त्रालयले नागरिकता लिएका व्यक्तिलाई मात्रै उक्त परिचयपत्र दिनेगरी तयारी थालेको छ ।
यार्चागुम्बु संकलन गर्ने क्षेत्र (पाटन) मा भीड हुँदा स्थानीय र अन्य क्षेत्रका बासिन्दाबीच झगडा र लुटपाट बढेपछि नियन्त्रण गर्न मन्त्रालयले परिचयपत्र अनिवार्य गर्न लागेको हो ।
वन मन्त्रालयका निमित्त सचिव विश्वनाथ ओलीका अनुसार तत्काल प्रक्रिया अघि बढाइनेछ । मन्त्रालयले यार्चा संकलन हुने हिमाली जिल्लाहरूको वन कार्यालय र निकुञ्ज कार्यालयमार्फत परिचयपत्र बाँड्नेछ ।
यार्चा संकलन सुरु हुनुभन्दा १५ दिनअघि नै सम्बद्ध वन कार्यालय र निकुञ्ज कार्यालयले परिचयपत्र लिन आहवान गर्नेछ । जेठदेखि असारसम्म यार्चा संकलन हुन्छ । डोल्पा, मुगु, डोल्पा, जुम्ला, बझाङ, दार्चुला, रुकुम, म्याग्दी, मुस्ताङ, मनाङलगायतका जिल्लामा यार्चा संकलकको भीड लाग्छ । डोल्पाको यार्चा उत्कृष्ट र महँगो हुने भएकाले सबैभन्दा बढ्ता भीड त्यहाँका पाटनमा लाग्छ । गत वर्ष डोल्पामा ३२ जिल्लाका संकलक पुगेकाे अाजकाे कान्तिपुर दैनिकमा खबर छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
