देउराली सहकारीको छैंटौं वार्षिकोत्सवमा विविध कार्यक्रम
नारायणगढ । देउराली बचत तथा ऋण सहकारी संस्था भरतपुर४ बारघरेले आफ्नो छैंटौं वार्षिकोत्सवको अवसरमा बुधरबार विविध कार्यक्रम मनाएको छ । संस्थाले संस्कृतिको संरक्षण गर्ने उद्देश्यले भरतपुर ४ बारघरेमा रहेको उत्तम नौमती बाजा समुहलाई सम्मान गरेको छ । त्यसैगरि सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय भरतपुरका सहकारी प्रशिक्षक श्रीकृष्ण नेपालले १० जनाको समुहलाई खादा सहित सम्मान पत्रले सम्मान गरे । संस्थाले सो समुहलाई आफ्नो क्षेत्रको पहिचान सहित नेपालभर चिनाउन सफल भएको भनी सम्मान गरिएको संस्थाका सचिव अर्जुन अधिकारीले जानकारी दिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपालले सहकारी संस्थाहरु बचत तथा ऋणको कारोबार गर्ने मात्रै नभै सामाजिक उत्तरदायित्व तर्फ पनि लाग्नुपर्ने बताए । कार्यक्रममा संस्थाका सल्लाहकार सुदिप वाग्ले, होमनाथ लम्साल, सगुन बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष तोयानाथ चालिसे, चौतारी बचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष लक्ष्मी पोख्रेल, समाजसेवी बोधनाथ गौतम, ढुण्डीराज रिमाल, राम ब. परियार, वडा प्रहरी कार्यालय नारायणगढका प्रहरी निरीक्षक सत्यनारायण थापा, बारघरे टोलविकास संस्थाका अध्यक्ष महेश पौडेल लगायतले मन्तव्य राखेका थिए ।
सोहि अवसरमा संस्थाले प्रकाशन गरेको भित्तेपात्रोको सार्वजनक गर्नुको साथै विहान आफ्नो कार्यक्षेत्र वरपर सामाजिक जनचेतना का लागि सरसफाई अभियान सम्पन्न गरेको छ । त्यस्तै सांझ कार्यालय परिसरमा दिप प्रज्वलन गरि आफ्नो छैंटौं वार्षिकोत्सव कार्यक्रम सम्पन्न गरेको संस्थाले जनाएको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
