२१ कात्तिक २०८३, शनिवार

युरोपेली टोली आज नेपाल आउँदै

२०७१ चैत २५, बुधबार
युरोपेली टोली आज नेपाल आउँदै
काठमाडौं : नेपालको पछिल्लो राजनीतिक घटनाक्रम र नयाँ संविधान निर्माणबारे जानकारी लिन युरोपेली संसद्मा एसिया मामिला हेर्ने सांसद सम्मिलित टोली चारदिने नेपाल भ्रमणका लागि बुधबार आउने भएको छ। जिन लाम्बार्ट नेतृत्वको चार सदस्यीय टोली आउन लागेको हो।
style="text-align: justify;">
style="text-align: justify;">प्रतिनिधिमण्डलले राष्ट्रपति डा. रामवरण यादव, प्रधानमन्त्री सुशील कोइराला, संविधानसभा अध्यक्ष सुवास नेम्बाङ, परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डे, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी ओलीसँग भेट्ने कार्यक्रम छ। ‘विपक्षीको आन्दोलन र संविधान निर्माणमा देखिएका कठिनाइलगायतका विषयमा कुरा हुनेछ’, स्रोतले भन्यो।
class="iframe clear" style="text-align: justify;">
style="text-align: justify;">त्यस्तै मधेसी जनाधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदारसँग पनि उनीहरूले छुट्टै भेट्ने भएका छन्। ‘तराईमा जारी हिंसाबारे युरोपेली संघको चासो रहँदै आएको छ। त्यसबारे युरोपेली सांसदहरूले गच्छदारसँग भेटेर थप जानकारी लिनेछन्’, स्रोतले भन्यो।
style="text-align: justify;"> style="text-align: justify;">‘पृथकतावादी अभियान’ चलाइरहेका सीके राउतसँग भेटेपछि नेपालस्थित युरोपेली राजदूत रेन्स्जे तिरिन्क र नर्वेजियन दूतावासका एक अधिकारी गत पुसमा एकाएक विवादमा आएका थिए। त्यसलगत्तै परराष्ट्र मन्त्रालयले युरोपेली राजदूतलाई बोलाएर स्पष्टीकरणसमेत लिएको थियो। style="text-align: justify;"> style="text-align: justify;">गच्छदारसँग प्रतिपक्षी दलले जारी राखेको आन्दोलन, सीके राउतको अभियान तथा पछिल्ला हिंसाका घटनाबारे जानकारी लिन उनीहरूले भेट गर्न लागेको स्रोतले बतायो। style="text-align: justify;"> style="text-align: justify;">टोलीले प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीसँग भेटी नेपालमा लामो समयसम्म हुन नसकेको स्थानीय निकाय निर्वाचनबारे छलफल गर्ने भएको छ। टोलीले काठमाडौंस्थित युरोपेली मुलुकका राजदूतसँग नेपालको पछिल्लो राजनीतिक परिस्थिति र युरोपेली संघको भूमिकाबारे छलफल गर्नेछ। style="text-align: justify;"> style="text-align: justify;">टोलीले शरणार्थी मामिला हेर्ने नेपालस्थित संयुक्त राष्ट्रसंघीय मानवअधिकार उच्चायुक्तको कार्यालयका प्रमुख र पदाधिकारीसँग भेटी नेपालमा रहेका तिब्बती शरणार्थीको अवस्थाबारे पनि छलफल गर्ने कार्यक्रम रहेको स्रोतले बतायो। युरोपेली संघले नेपालमा रहेका तिब्बती शरणार्थीको मानवअधिकारको मुद्दालाई प्राथमिकतासाथ उठाउँदै आएको छ। style="text-align: justify;"> style="text-align: justify;">युरोपेली सांसदहरूले केही मानवअधिकारकर्मी तथा नागरिक समाजका प्रतिनिधिसँग पनि भेट्नेछन्। भेटमा यहाँको मानवअधिकार, आर्थिक, सामाजिक तथा राजनीतिक अवस्थाबारे कुरा हुने नेपालस्थित युरोपेली दूतावासको विज्ञप्तिमा उल्लेख छ। style="text-align: justify;"> style="text-align: justify;">‘नेपालका विभिन्न क्षेत्रका व्यक्तिहरूसँग भेटी नेपालको पछिल्लो अवस्था एवं समावेशी तथा लोकतान्त्रिक संविधान निर्माणका सवालमा भइरहेका वार्ताबारे जानकारी लिन पाउनु हाम्रा लागि खुसीको कुरा हुनेछ’, टोलीकी प्रमुख जिन लाम्बार्टले विज्ञप्तिमा भनेकी छन्। style="text-align: justify;"> style="text-align: justify;">टोलीमा क्रिस्टियन डान प्रेडा (रोमानिया), अजफल खान (बेलायत) र थोमस मान (जर्मनी) छन्। उनीहरूले युरोपेली संघको लगानीमा सञ्चालित परियोजनाको निरीक्षण गरी जानकारी लिनेछन्। style="text-align: justify;">– अन्नपूर्ण पाेष्ट class="fb-background-color"> class = "fb-comments" data-href = "http://www.sahakarikhabar.com/2015/04/08/%e0%a4%af%e0%a5%81%e0%a4%b0%e0%a5%8b%e0%a4%aa%e0%a5%87%e0%a4%b2%e0%a5%80-%e0%a4%9f%e0%a5%8b%e0%a4%b2%e0%a5%80-%e0%a4%86%e0%a4%9c-%e0%a4%a8%e0%a5%87%e0%a4%aa%e0%a4%be%e0%a4%b2-%e0%a4%86%e0%a4%89/" data-numposts = "10" data-lazy = "true" data-colorscheme = "light" data-order-by = "social" data-mobile=true>

अभिलेख

लोकप्रिय