सहकारी कपको उपाधि मदनकृष्ण कायस्थलाई
ललितपुर । गोल्डेनगेट कलेजका मदनकृष्ण कायस्थले तेश्रो राष्ट्रिय सहकारी कपको उपाधि जितेका छन् । पहिलो संस्करणका विजेता कायस्थले उपाधिसँगै १ लाख ७२ हजार मुल्य बराबरको मोटरसाईकल समेत हात पारे । बुधबार सम्पन्न फाईनल खेलमा तीन पटकका राष्ट्रिय च्याम्पियन बद्रीलाल नेपालीलाई १.५–०.५ ले पछि पार्दै दोश्रो पटक उपाधि चुमेका हुन् । पहिलो लिगमा सेतो गोटीबाट जीत हात पारेर हौसिएका मदनले दोश्रो खेलमा संयमित बन्दै बद्रीलालसँग बराबरी खेले ।
फाईनलमा पराजित भएका करुणामय साकोसका बद्रीलालले ५० हजार बराबरको ल्यापटप प्राप्त गरे । उता नियमित लिग तर्फको उपाधि दर्पण साकोस दमकका भुपेन्द्र निरौलाले हात पारेका छन् । प्रतियोगिताको अन्तिम चरणमा सुन्दर साकोस हेटौंडाका कृष्ण थापासँग बराबरी खेलेका भुपेन्द्रले १० खेलबाट ७ दशमलब ५ अंक बनाउँदै २५ हजार नगद समेत प्राप्त गरे । समान ७ दशमलब ५ अंक बनाएका संकटा साकोस काठमाडौंका नविन तण्डुकार तथा कृष्ण थापा प्रोगेशिभ प्वाईन्ट टाईब्रेकमा पछि पर्दै क्रमशः दोश्रो तथा तेश्रो स्थानमा रहे । अन्तिम खेलमा गोल्डेनगेटका रुपेश जयसवाललाई पराजीत गरेका नविनले १५ हजार नगद प्राप्त गरे । त्यस्तै कृष्ण थापाले १० हजार नगद प्राप्त गरे । गोल्डेनगेटका हिमाल लामासँग बराबरीको नतिजा आत्मसात गरेका मखन क्लबका पूण्यमान कर्माचार्यले ७ अंकका साथ प्रतियोगितामा चौथो स्थान कायम गरे ।
त्यसैगरी रुपेश जयसवाल, हिमाल लामा, ललितपुरका रविन्द्र शाक्य, क्यान्डिडेटमास्टर रिजेन्द्र राजभण्डारी, गोल्डेनगेटका केशव श्रेष्ठ तथा कामना साकोसका सजिन महर्जन समान ६ दशमलब ५ अंकका साथ पाँचौं देखि दशौं स्थानमा रहे । त्यस्तै समान ६ दशमलब ५ अंक बनाएका मखन क्लबका राजेन्द्र प्रसाद श्रेष्ठ, अन्नपूर्ण उच्च
माविका मिलन लामा, शुभप्रभात साकोस मलंगवाका रविन्द्र बहादुर थापा तथा थापाथली चेस पार्कका मदन रायमाझी र सुवास भण्डारी क्रमशः एघारौं देखि पन्ध्रौं स्थान हासिल गर्न सफल भए ।
कामना साकोस तथा ताम्रकार समाजको संयुक्त आयोजनामा सम्पन्न प्रतियोगिताका विजेतालाई शुक्रबार पुरस्कृत गरिने आयोजक संस्थाका राजु ताम्राकारले जानकारी दिए ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
