२१ कात्तिक २०८३, शनिवार

सहकारीले दियाे बाँकेमा दुई हजार ८ सय ८४ जनालाइ रोजगारी

२०७१ चैत २४, मङ्गलबार
सहकारीले दियाे बाँकेमा दुई हजार ८ सय ८४ जनालाइ रोजगारी

बाँके । जिल्लामा सहकारी संस्था खुल्ने क्रम वृद्धि भएसँगै रोजगारीको अवसर बढेको छ ।

सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय बाँकेका अनुसार हालसम्म जिल्लामा सहकारी संस्थाको सङ्ख्या ४ सय ३५ वटा छन् । जिल्लामा रहेका यी सहकारी सङ्घसंस्थामा दुई हजार ८ सय ८४ ले प्रत्यक्ष रुपमा रोजगारी पाएको सो कार्यालयका प्राचार्य प्रकाश पौडेले बताए ।

उनका अनुसार जिल्लामा दर्ता भई सञ्चालनमा आएका सहकारी सङ्घसंस्थामा बहुउद्देश्यीय प्रारम्भिक सहकारी संस्था १००, कृषिमा आधारित १ सय ९३, बचत तथा ऋण सहकारी संस्था ९७ र दुग्ध सहकारी संस्थामा सात रहेका छन् ।

यसैगरी उपभोक्ता सहकारी संस्था आठ, विद्युत् सहकारी संस्था तीन, सञ्चार सहकारी एक, पशुपालन सहकारी तीन, स्वास्थ्य तीन, मजदुर/श्रमिक सहकारी एक, पशुपालन/पशुपक्षी सहकारी चार, तरकारी तथा फलफूल सहकारी ६, वन तथा जडीबुटी र वातावरणसम्बन्धी ६ वटा रहेका छन् ।

पौडेलका अनुसार जिल्लामा दर्ता भई सञ्चालनमा आएका सहकारी संस्थामा करिब दुई अर्ब चार करोड १६ लाख ९२ हजार रूपैयाँ लगानी भएको पाइएको छ । जिल्लामा रहेका सहकारी संस्थामध्ये १ सय ४८ सक्रिय, १ सय १४ निस्क्रिय र अति निस्क्रिय सहकारी संस्थाको सङ्ख्या ८३ वटा छन् भने सुधारोन्मुख सहकारी संस्था २ सय ८५ वटा छन् । जसमा नियमित वार्षिक साधारणसभा गर्ने सहकारीको संस्था १४० वटा मात्र छन् ।

अभिलेख

लोकप्रिय