सहकारी कप राष्ट्रिय चेस प्रतियोगिता : बद्रीलाल र मदनकृष्ण फाईनलमा
ललितपुर । तीन पटक राष्ट्रिय च्याम्पियन करुणामय बचत तथा ऋण सहकारीका बद्रीलाल नेपाली तथा गोल्डेनगेट कलेजका मदनकृष्ण कायस्थ फाइनलमा पुगेका छन् ।
ललितपुरमा जारी तेश्रो कामना सहकारी कप राष्ट्रिय चेस प्रतियोगिताको नकआउट फम्यार्टमा उत्कृष्ट प्रदशन गर्दै फाईनल चरणमा पुगेका हुन् । पहिलो संस्करणका विजेता समेत रहेका मदनकृष्ण र बद्रीलालबीचको यस अघिको प्रदर्शन लाई आधार मान्ने हो भने बद्रीलाल मदनकृष्ण माथि हावि देखिन्छन् । उनीहरुबीच सम्पन्न ७ खेलमध्ये ३ खेलमा बद्रीलालले जीत हात पारेका छन् । त्यस्तै ३ खेल बराबरीमा टुगिंएका छन् भने दोलखामा सम्पन्न माउण्ट गौरीशंकर अन्तराष्ट्रिय चेस प्रतियोगितामा मदनले १ पटक बद्रीमाथि बाजी मारेका छन् ।
अर्थ बहुउद्देश्यीय सहकारी लगनखेलका फिडेमास्टर मनिष हमाललाई ब्लिज खेलमा २–० ले हराउँदै मदनकृष्ण फाईनलमा प्रवेश गरेका हुन् । यसअघि क्लासिकल तर्फको पहिलो खेलमा कालो गोटीबाट जीत पारेका मदन दोश्रो लेगमा सम्हालिन नसक्दा सेतो गोटीबाट मनिषसँग हार्न पुगे । उता पहिलो लेगमा कालो गोटीबाट विवेक थिङसँग बराबरी खेलेका बद्रीलालले दोश्रो लेगमा सेतो गोटीबाट उत्कृष्ट प्रदर्शन गर्दै समग्रमा १.५–०.५ को नतीजा हात पारे । सेमिफाईनलमा रोकिएका विवेक र मनिषले समान ३० हजार नगद हात पार्ने पक्का भएको छ ।
ताम्रकार समाजको भवनमा जारी प्रतियोगितको नियमित लिग अन्र्तगत मंगलबार आठौं तथा नवौं चरणका खेल सम्पन्न भए । नवौं चरणको समाप्तिमा दर्पण साकोस दमकका भुपेन्द्र निरौला र सुन्दर साकोस हेटौंडाका कृष्ण थापा समान ७ अंक सहित शिर्ष स्थानमा रहेका छन् । आठौं चरणको खेलमा संकटा साकोसका नविन तण्डुकारमाथि जित हात पारेका निरौलाले नवौं चरणमा गोल्डेनगेटका रुपेश जयसवालसँग बराबरी खेले । त्यस्तै कृष्णले आठौं चरणमा रविन्द्र शाक्य तथा नवौं चरणमा हिमाल लामालाई हराए ।
रुपेश जयसवाल, मखन क्लबका पूण्यमान कर्माचार्य तथा नविन तण्डुकार समान ६ दशमलब ५ अंकमा रहेका छन् । त्यसैगरी गोल्डेनगेट कलेजका केशव श्रेष्ठ तथा हिमाल लामा, क्यान्डिडेटमास्टर रिजेन्द्र राजभण्डारी, शुभप्रभात साकोस मलंगवाका रविन्द्र बहादुर थापा र ललितपुरका रविन्द्र शाक्यको समान ६ अंक रहेको छ ।
त्यस्तै अन्नपूर्ण उच्चमाविका मिलन लामा, जनता साकोस ठेचोका प्रकाश नेपाल, मोरङका पूर्णराज खड्का, कामना साकोसका सजिन महर्जन, मखन क्लबका राजेन्द्रप्रसाद श्रेष्ठ, मकवानपुरका बलराम संजेल, अनरेटेड मदन विर सिं डंगोल तथा थापाथली चेस पार्कका मदन रायमाझी, क्षितीज भण्डारी र सुवास भण्डारी समान ५ दशमलब ५ अंकमा रहेका छन् ।
प्रतियोगिताको अन्तिम दिन बुधबार फाईनल चरणका खेल सञ्चालन हुनेछन् ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
