२१ कात्तिक २०८३, शनिवार

शिक्षकमा राेजगारीकाे अवसर

२०७१ चैत २४, मङ्गलबार
शिक्षकमा राेजगारीकाे अवसर

काठमाडौं। शिक्षक सेवा आयोगले पुनः दोस्रो पटक तीन हजार २ सय ४९ स्थायी शिक्षकका लागि दरखास्त आह्वान गरेको छ ।

आयोगले आज माध्यमिक र निम्न माध्यमिक तहका लागि स्थायी दरखास्त आह्वान गरेको हो । आयोगले २०६३ वैशाख ११ गते पछिका रिक्त शिक्षकको दरवन्दी आह्वान गरेको हो ।

विभिन्न जिल्लाबाट रिक्त शिक्षकको दरवन्दी खाली भएपछि शिक्षा विभागले उक्त तथ्याङ् उपलब्ध गराएको थियो ।

आयोगले यसपटक क्षेत्रीय तहमा रिक्त शिक्षकको विज्ञापन गरेको छ । माग गरिएअनुसार माध्यमिकमा १ हजार ३ सय ८५ र निम्न माध्यमिकमा १ हजार ८ सय ६४ पदको विज्ञापन गरेको छ ।

आयोगले माध्यमिकतर्फ सुदूर पश्चिमाञ्चलमा १ सय १५, मध्य पश्चिमाञ्चलमा १ सय ५५, पश्चिमाञ्चलमा ३ सय ४२, मध्यमाञ्चलमा ४ सय ८४ र पूर्वाञ्चलमा २ सय ८९ पद तथा निमावितर्फ सुदूर पश्चिमाञ्चलमा १ सय ३५, मध्य पश्चिमाञ्चलमा २ सय २६, पश्चिमाञ्चलमा ५ सय १४, मध्यमाञ्चलमा ५ सय ८८, पूर्वाञ्चलमा ४ सय पदमा आह्वान गरेको छ ।

आयोगले सबैभन्दा बढी अंग्रजी विषयमा शिक्षक माग गरेको छ । कुल माग गरिएको मध्ये अंग्रेजीमा ८ सय ३८ जना मागिएको छ । जसमा मावितहमा ३ सय ३३ र निमाविमा ५ सय ५ जना रहेका छन् । यस्तै सबैभन्दा कम माविको शिक्षा र संस्कृत ब्याकरणमा १–१ जनाका लागि मात्रै विज्ञापन खोलिएको छ ।

अभिलेख

लोकप्रिय