२१ कात्तिक २०८३, शनिवार

मोर्चाको हडताल अराजक

२०७१ चैत २४, मङ्गलबार
मोर्चाको हडताल अराजक

काठमाडौं । ३० दलीय मोर्चाले आह्वान गरेको हडताल अराज बन्दै गएको छ । बन्दको पहिलो दिन आज राजधानीको विजुली बजारमा बन्दकर्ताले प्रहरीमाथि अन्धाधुन्द ढुंगामुढा गरेपछि दोहोरो झडप भएको छ ।

बन्दकर्ताले देशका विभिन्न भागमा निजी तथा सार्वजनिक सवारी साधनमा तोडफोड र आगजनी गरेका छन् । बन्दकर्ताले सुरक्षाका लागि खिटिएका प्रहरीलाई लक्षित गरी आक्रमण थालेपछि सुरक्षाकर्मीले केही राउण्ड अश्रुग्यास चलाउनु परेको जनाएको छ । बुजुली वबजारमा भएको झडपमा पाँच जना बन्दकर्ता र सात जना प्रहरी घाइते भएको प्रारम्भिक समाचार प्राप्त भएको छ ।

बन्दकर्ताले नवलपरासी, धादिङ, चितवल लगायत, पोखराजस्ता पर्यटकीय क्षेत्रमा पनि प्रभाव जमाउन खोजेपछि सुरक्षा निकायले पर्यटकका सवारी साधनलाई स्कटिङ गरेर गन्तव्यमा पुर्याइरहेको छ ।

बन्दको विरोधमा विभिन्न पेशा व्यवसयीले विरोध जनाएका छन् भने देशका विभिन्न स्थानमा सर्वसाधारणले स्वतस्फूर्त रुपमा सवारीसाधन संचालन गरेका छन् । बन्दकर्ताले भने देशका विभिन्न स्थानमा दुई दर्जन सवारी साधनमा तोडफोड र आगजनी गरेका छन् ।

तस्बिरः अन्नपूर्ण

अभिलेख

लोकप्रिय