४८ मेगावाटको खिम्ती आयोजना सहकारीले बनाउने, आयोजनाको कुल लागत सात अर्ब
काठमाडौँ । खिम्ती २ जलविद्युत् आयोजना सहकारीले बनाउने भएको छ । दोलखा र रामेछाप जिल्लाको सीमा गाविस खिम्तीमा आयोजना स्थल रहेको कुल ४८.८ मेगावाट क्षमताको रहेको छ ।
सो आयोजना अगाडि बढाउनका लागि ‘पिपल्स हाइड्रो सहकारी संस्था’ नै गठन गरिएको छ । सहकारीका माध्यमबाट अगाडि बढाउन लागिएको सो आयोजना हालसम्मकै ठूलो आयोजना हो । सो आयोजनाको कुल लागत सात अर्ब रहेको छ ।
यसअघि गुल्मीको रुपाकोटमा सार्वजनिक, निजी, सहकारी अवधारणामा निर्माण गरिएको हुग्दी खोला जलविद्युत् आयोजना केन्द्रीय प्रसारणमा जोडीसकेको छ । पाँच मेगावाट क्षमताको सो आयोजनामा सहकारी संस्थाले ७७ करोड लगानी गरेको थियो ।
यस्तै बागलुङमा १० मेगावाट क्षमताको दरमखोला जलविद्युत् आयोजना पनि सहकारीले नै अगाडि बढाउन लागेको छ । सो आयोजनामा बागलुङ र गुल्मीका करिब एक हजार ३८० जनाले सामूहिक लगानी गरेका छन् ।
आयोजनाले नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिद सम्झौता(पिपिए)का लागि प्रारम्भिक मस्यौदामा हस्ताक्षरसमेत गरिसकेको सहकारी संस्थाका अध्यक्ष कृष्ण आचार्यले बताए । आयोजनाको सर्वेक्षणलगायतका प्राविधिक काम पूरा भएको छ ।
सहकारीमा २ सय ९० जना सेयर सदस्य रहेका छन् । आयोजना अगाडि बढाउनका लागि सेयर सदस्य थप गरिने र स्थानीय तथा प्रभावितलाई समेत सहभागी गराइने लक्ष्य लिइएको छ ।
पहुँचमार्ग निर्माण, प्रसारण लाइन सर्वेक्षणलगायतका कामका लागि सेयर सदस्यले नै प्रारम्भिक लगानी गर्नेछन् । त्यसका लागि सुरुमा ५० करोड लगानी गरिनेछ । सेयर सदस्यबाट आयोजनाका लागि सात करोड ६० लाख १५ हजार सङ्कलन भइसकेको छ ।
यस्तै सरकारले म्यादी जिल्लामा आयोजना स्थल रहेको २५ मेगावाट क्षमताको दरबाङखोला जलविद्युत् आयोजनालाई उत्पादन अनुमति दिएको छ । धौलागिरि कालिका हाइड्रोपावरले निर्माण गर्न लागेको सो आयोजनाको प्राधिकरणसँग विद्युत् खरिद सम्झौता भइसकेको छ ।
कुल लागत चार अर्ब रहनेछ । सरकारले हालसम्म कुल ८६ वटा जलविद्युत् आयोजनालाई उत्पादन अनुमतिपत्र प्रदान गरेको छ । सो अनुमतिपत्र दिइएका आयोजनाबाट दुई हजार ९६ मेगावाट विद्युत् उत्पादन हुनेछ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
