२१ कात्तिक २०८३, शनिवार

‘मान्छेको रंग’ बारे चर्चा

२०७१ चैत २४, मङ्गलबार
‘मान्छेको रंग’ बारे चर्चा

काठमाडौं । भारतीय दुतावास र वीपी कोइराला फाउण्डेसनको आयोजनामा ‘कन्भर्सेसन’को २६ श्रृङखला सम्पन्न भएको छ । प्रमुख वक्ताका रुपमा उपस्थित भएकी साहित्यकार आन्विका गिरीले आफ्नो पछिल्लो कृति ‘मान्छेको रंग’का बारेमा बोलेकी थिइन ।

न्यूरोडस्थित नेपाल भारत पुस्तकालयको प्रेक्षालयमा भएको कार्यक्रममा पत्रकार तथा स्तम्भकार विनिता दाहालले सहजीकरण गरेकी थिइन ।पत्रकार दाहालले आन्विका पछिल्लो पुस्तामाझ रुचाइएकी लेखिकाको रुपमा परिचय गराएकी थिइन । दाहालले उनको लेखनीको प्रसंसा गर्दै आन्विकाको पहिलो पुस्तक ‘मम्युनिष्ट’बाटै आफू प्रभावित भएको बताइन ।

कार्यक्रममा साहित्यकार गिरीले आफ्नो लेखनी र मान्छेका रंगका बारेमा प्रकाश पारेकी थिइन । उनले विभिन्न जिज्ञासको जवाफ दिएकी थिइन । कार्यक्रमको अन्त्यमा भारतीय दुतावासका प्रथम सचिव अभय कुमारले साहित्यकार गिरीलाई मायाको चिनो प्रदान गर्दै धन्यवाद दिएका थिए ।

26 th conversations

अभिलेख

लोकप्रिय