मोर्चाको हडताल अराजक
काठमाडौं । ३० दलीय मोर्चाले आह्वान गरेको हडताल अराज बन्दै गएको छ । बन्दको पहिलो दिन आज राजधानीको विजुली बजारमा बन्दकर्ताले प्रहरीमाथि अन्धाधुन्द ढुंगामुढा गरेपछि दोहोरो झडप भएको छ ।
बन्दकर्ताले देशका विभिन्न भागमा निजी तथा सार्वजनिक सवारी साधनमा तोडफोड र आगजनी गरेका छन् । बन्दकर्ताले सुरक्षाका लागि खिटिएका प्रहरीलाई लक्षित गरी आक्रमण थालेपछि सुरक्षाकर्मीले केही राउण्ड अश्रुग्यास चलाउनु परेको जनाएको छ । बुजुली वबजारमा भएको झडपमा पाँच जना बन्दकर्ता र सात जना प्रहरी घाइते भएको प्रारम्भिक समाचार प्राप्त भएको छ ।
बन्दकर्ताले नवलपरासी, धादिङ, चितवल लगायत, पोखराजस्ता पर्यटकीय क्षेत्रमा पनि प्रभाव जमाउन खोजेपछि सुरक्षा निकायले पर्यटकका सवारी साधनलाई स्कटिङ गरेर गन्तव्यमा पुर्याइरहेको छ ।
बन्दको विरोधमा विभिन्न पेशा व्यवसयीले विरोध जनाएका छन् भने देशका विभिन्न स्थानमा सर्वसाधारणले स्वतस्फूर्त रुपमा सवारीसाधन संचालन गरेका छन् । बन्दकर्ताले भने देशका विभिन्न स्थानमा दुई दर्जन सवारी साधनमा तोडफोड र आगजनी गरेका छन् ।
तस्बिरः अन्नपूर्ण
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
