सहकारी दिवस : विन्धवासिनीको सप्ताहव्यापी कार्यक्रम
सन्तोष तिमल्सिना
बनेपा । ।५८ औं राष्ट्रिय सहकारी दिवस लक्षित गर्दै विन्धवासिनी बचत तथा ऋण सहकारीले समूह संयोजक भेला गरेको छ । क्षेत्रीय र समूहगत अवधारणबाट संचालित यस सहकारी संस्थाको क्षेत्रीय अन्तर समिति बनेपा, पनौती र पाँचखाल तीनै क्षेत्रमा एकसाथ समूह संयोजक भेला सम्पन्न भएको छ ।
काभ्रे जिल्लाको उग्रतारा जनागाल, नासिकास्थान (साँगा), महेन्द्रज्योती, उग्रचण्डी नाला, टुकुचा नाला, रविओपी, पात्लेखेत, काभ्रे, फुलवारी, मेथिनकोट, खनालथोक गाविस लगायत बनेपा र धुलिखेल नगरपालिकामा गठित १८६ वटा समूहका ४ हजार ९३९ जना शेयर सदस्य र ११२८ जना शौक्षिक बाल बचत कर्ता गरी जम्मा ६ हजार ६७ जना सेवाग्राहीहरुलाई बनेपा कार्यालयले वित्तिय सेवा प्रदान गर्दै आएको विन्धवासिनी बचत सहकारी संस्था लि. बैकिङ्ग कार्यालय बनेपाका कार्यालय ब्यावस्थापक राजेन्द्र श्रेष्ठले जानकारी दिए । बनेपा क्षेत्रको २०७१ चैत्र २० गते सम्म २ करोड ८० लाख ३६ हजार ९ सय शेयर पूँजी रहेको र २१ करोड ९३ लाख ४७ हजार ऋण लगानी गरी १९ करोड ९७ लाख २८ हजार असुली गर्न सफल भएको छ ।
सदस्यहरुको जिज्ञासालाई सम्बोधन गर्दै संस्थाका सचिव रामशरण भण्डारीले विन्धवासिनी बचत सहकारी संस्था नेताबाट नभई नीतिबाट संचालन भएको स्पष्ट पारे । सहकारी नियमावली, ऐन, विनियम, मापदण्ड र नीति भन्दा माथी गएर सहकारी संस्थाले कुनै पनि कार्य गर्न नसक्ने बताए । सदस्यहरुको हितमा विभिन्न कार्यक्रमहरु संचालन गर्दै आएको यस संस्थाले सहकारी मूल्य मान्यता र सिद्धान्तलाई आत्मसाथ गर्दै विपन्न वर्गको आर्थिक तथा सामाजिक विकासका साथै गरीबि न्युनिकरण निरन्तर लागि परेका कारण संस्थाले राष्ट्रिय तथा अन्तराष्ट्रिय छवि बनाउन सफल भएको स्मरण गराए ।
क्षेत्रीय अन्तर समिति बनेपाका संयोजक कृष्णकुमार के.सीको सभापतित्वमा सम्पन्न भेलामा संचालक सदस्य सूर्यनारायण नापित, चण्डिका वाग्ले, पूर्व लेखा समिति संयोजक राजु दुलाल, लेखा समिति सदस्य शुसिला वादे कतिला, ऋण लगानी असुली उप समितिका सदस्य भिम बहादुर के.सी, क्षेत्रीय अन्तर समिति बनेपाका सचिव नन्दलाल शर्मा, ऋण ब्यावस्थापक विदुर थापा लगायतले विन्धवासिनी बचत सहकारी संस्थाको हालसम्म वित्तिय स्थिति र संस्थाले प्रदान गर्दै आएको सेवा सुविधाहरुका बारेमा चर्चा गरेका थिए ।
सहकारी दिवसको अवसर पारेर विन्धवासिनी बचत सहकारी संस्थाले सप्ताहव्यापी रुपमा विभिन्न शिक्षा मुलक कार्यक्रमहरु संचालन गर्दै आएको छ । यस अधि संस्थाले पनौतीको नैकिनटार, टुकुचा नालाको रायगाँऊ, घिमिरेगाँऊ, बनेपाको तरकारी बजार र भकुण्डेवेशी लगायतका ठाँउहरुमा सदस्य शिक्षा शिवर संचालन गरिसकेको छ भने आगामी चैत्र २८ गते ढुंखर्क र खोपासी क्षेत्रको समूह संयोजक भेला हुने संस्थाले बताएको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
