यसरी मनाइयो म्याग्दीमा सहकारी दिवस, उत्कृष्ठ पत्रकारलाई सम्मान गर्ने घोषणा
म्याग्दी । जिल्ला सहकारी संघ म्याग्दीको आयोजनामा म्याग्दी सदरमुकाम बेनीमा शुक्रबार ५८ औं राष्ट्रिय सहकारी दिवस मनाइएको छ ।
जिल्ला सहकारी संघ म्याग्दीको अगुवाइमा भएको मुल समारोहमा जिल्ला सदरमुकाम बेनी र आसपासका ४ दर्जन भन्दा बढी सहकारीको सहभागीता रहेको थियो । कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले जिल्लामा सहकारीले ग्रामिण तहमा निकै राम्रो काम गरिरहेको बताए । गाउँगाउँमा सहकारीले गरिब जनताहरुको साथीको रुपमा सहकार्य गरिरहेको उनको भनाई थियो ।
कार्यक्रममा जिल्ला सहकारी संघका अध्यक्ष दिपक कार्कीले सहकारीले म्याग्दी जिल्लामा पाँच अर्ब रुपैंया भन्दा धेरै जिल्ला भित्र परिचालन गरेको बताए । जिल्लाका सरोकारवाला निकायले सहकारीलाई वेवास्ता गरेको भन्दै उनले जिल्ला विकास समिति, कृषि तथा पशु सेवा कार्यालयहरुले नारामा मात्र होइन ब्यवहारमै सहकारी सँग सहकार्य गरेर काम गर्न पर्ने धारणा राखे । आगामी वर्ष देखि सहकारी दिवसको अवसर पारेर सहकारी संग सम्बन्धीत विषयमा कलम चलाउने एक जना उत्कृष्ट पत्रकारलाई सहकारी पुरस्कार प्रदान गरीने जिल्ला सहकारी संघका अध्यक्ष दिपक कार्कीले बताए । प्रत्येक सहकारी दिवसको अवसरमा प्रदान गरीने पुरस्कारको राशी नगद १० हजार र प्रमाणपत्र रहने समेत अध्यक्ष कार्कीले बताए ।
बेनी बजारको बीरेन्द्रचोकबाट शुरु भएको र्यालीले बेनी बजार परिक्रमा पछि जिल्ला विकास समितिको सभाहलमा पुगेर सभामा परिणत भएको थियो । सहकारी दिवसको कार्यक्रममा बेनी बजार स्थीत गोर्खा भुपु सैनिक बचत तथा ऋण सहकारी संस्थाले आयोजना गरेको खुल्ला राष्ट्रिय निवन्ध लेखन प्रतियोगिताको पुरस्कार बितरण गरिएको थियो । निवन्ध लेखन प्रतियोगिताको पहिलो स्थान म्याग्दीका अमृत बास्कुनेले हासिल गरेका छन् । बास्कुने जिल्ला सहकारी संघ म्याग्दीका सहसचिव समेत हुन् । त्यस्तै दोश्रो स्थान राष्ट्रिय सहकारी संघका प्रबन्धक गोपिकृष्ण भण्डारीले दोश्रो स्थान हासिल गरेका छन् । त्यस्तै जिल्ला सहकारी संघ म्याग्दीले आयोजना गरेको सहकारी दिवसको मूल कार्यक्रमको अवसरमा आयोजित झाँकी प्रदर्शनीमा सङ्गीनी बचत तथा ऋण सहकारी संस्था बेनीले प्रथम पुरस्कार जितेको छ । महिलाहरुको आफ्नै व्यवस्थाप र सक्रियतामा सदरमुकाममा सञ्चालित सङ्गीनी सहकारी भेषभूषासहित र्यालीमा प्रथम भई नगद तीनहजार रुपैयाँ र प्रमाणपत्रले पुरस्कृत भएको हो ।
त्यसैगरी र्यालीमा दिदीबहिनी बचत तथा ऋण सहकारी संस्था द्वितीय र रिहगाद बहुउद्देश्यीय सहकारी संस्था तृतीय भएका छन् । उनीहरुलाई क्रमशः नगद दुइहजार, एकहजार र प्रमाणपत्रले पुरस्कृत गरिएको छ भने सान्त्वना हुने जागृति महिला विकास बहुउद्देश्यीय सहकारी संस्था पुलाचौर, महारानी बचत तथा ऋण सहकारी, म्याग्दी बचत तथा ऋण सहकारी संस्था बेनी र बेनी कोट बचत तथा ऋण सहकारीलाई नगद र प्रमाणपत्रले पुरस्कृत गरिएको छ ।
सहकारीहरुलाई पुरस्कृत गर्ने कार्यक्रमको जिल्ला सहकारी संघका पूर्व अध्यक्ष तथा साल्लाहकार सुदर्शनकुमार श्रेष्ठ संयोजक तथा लेखा संयोजक सुरेन्द्र केसी र सल्लाहकार देउप्रसाद छन्त्यालले मूल्याङ्कनको भूमिका निर्वाह गरेका थिए । ५८औं राष्ट्रिय सहकारी दिवसको अवसर पारेर दिदीबहिनी बचत तथा ऋण सहकारी संस्थाले बौद्धिक अपाङ्गता भएका बालबालिकाहरुलाई मुठ्ठीदान सहयोग हस्तान्तरण गरेको छ । जिल्ला सहकारी संघ म्याग्दीले सहकारी दिवसको अवसरमा आयोजना गरेको मुल कार्यक्रमकै अवसरमा सहकारीद्वारा सङ्कलित दैनिक उपभोग्य सामग्रीहरु बाल जागृति प्राविका प्रधानाध्यापक भक्तबहादुर कार्कीलाई सहयोग गरिएको हो ।
म्याग्दीको बेनी नगरपालिका–१२ बगुवाखोलास्थित बाल जागृति प्राविमा सञ्चालित बौद्धिक अपाङ्गता बालबालिकाहरुलाई सहयोग हस्तान्तरण गरेको सहकारीका अध्यक्ष जमुना आचार्यले बताएकी छिन् । उनका अनुसार बौद्धिक अपाङ्गता स्रोतकक्षालाई २१ पाथी चामल, १२ लि. तेल, १०/१० केजी चिनी, दाल र नुन तथा चियापत्ती उपलब्ध गराइएको छ । यसैबीच सोही अवसरमा दिदीबहिनी सहकारीले राखुपिप्लेकी क्यान्सरपीडित अन्जु कार्कीलाई उपचारका लागि नगद ११ हजार एकसय ७८ रुपैयाँ अञ्जु बचाउँ अभियानका संयोजक दिपक कार्कीलाई सहयोग हस्तान्तरण गरेको छ ।
राखुपिप्ले–९ मौवाफाँटका आगोलागी पीडित निलकण्ठ सुवेदीलाई न्यु निलगिरी बचत तथा ऋण सहकारी संस्थाले ११ हजार एकसय ११ रुपैयाँ र बेलायतमा रहेका अर्जुन मल्लले पठाएको नगद पाँचहजार रुपैयाँ सहयोग हस्तान्तरण गरिएको छ । त्यसैगरी कार्यक्रमकै अवसरमा सङ्गीनी बचत तथा ऋण सहकारी संस्थाले पीडित सुवेदीलाई बेड सिटहरु सहयोग गर्ने घोषणा गरेको छ ।
कार्यक्रममा पिप्ले महिला विकास सहकरीले सहकारी सम्बन्धी उत्कृष्ट गित प्रस्तुत गरेकोले नगद एक हजार र जागृत महिला विकास बहुउद्देश्यीय सहकारी पुलाचौरलाइ नगद पाँच सय रुपैंया प्रदान गरिएको थियो । गितको पुरस्कार जिल्ला सहकारी संघ म्याग्दीका लेखा संयोजक सुरेन्द्रराज शर्माले प्रायोजन गरेका थिए ।
कार्यक्रममा नेकपा एमाले म्याग्दीका सचिव बालकृष्ण सुवेदी, जिल्ला सहकारी संघका सचिव रामप्रसाद सुवेदी, दिदीबहीनी बचत तथा ऋण सहकारीकी अध्यक्ष तथा जिल्ला सहकारी संघ म्याग्दीकी कोषाध्यक्ष जमुना आचार्य, जिल्ला बचत संघ म्याग्दीकी अध्यक्ष तथा जिल्ला सहकारी संघकी सदस्य अमृता भण्डारी, जिल्ला सहकारी संघका उपाध्यक्ष अमृत कुमार श्रेष्ठ, राष्ट्रिय जनमुक्ती पार्टीका नरबहादुर मगरलगायतले मन्तव्य राखेका थिए ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
