राष्ट्रिय सहकारी वर्ष व्यक्तित्व पुरस्कारबाट अर्याल सम्मानित
रुपन्देही । ५८ औं सहकारी दिवस एक कार्यक्रमका वीच डिभिजन सहकारी कार्यालय र संघहरुको संयुक्त आयोजनामा बुटवल व्यापार संघको सभाहलमा सम्पन्न गरेको छ ।
डिभिजन सहकारी कार्यालयले यस वर्षको राष्ट्रिय सहकारी वर्ष व्यक्तित्व पुरस्कारबाट कल्याणकारी बहुउद्देश्यीय सहकारी संस्था बुटवलका डोलप्रसाद अर्याललाई सम्मान गरेको छ । त्यस्तै सक्षम व्यवस्थापकको रुपमा प्रगतिशील महिला बहुउद्देश्यीय सहकारीकी जमुना गिरी, उत्कृष्ट निजामति पुरस्कारबाट सहकारी निरीक्षक गुणाकर खनाल सम्मानीत भएको छ ।
त्यसैगरी जनउत्थान साकोस तिलोत्तमा र साना किसान सहकारी पनि पं्रशसापत्रबाट प्रोत्साहन गरेको छ । कार्यक्रममा सहकारी अधिकृत नेत्रप्रसाद घिमिरेले सहकारीले थुप्रै राम्रा काम गरेपनि सहकारी सञ्चालक र नेतृत्वले सहकारी सिद्धान्त अबलम्बन नगर्दा सहकारीमा समस्या आएको बताए । ‘लेखापरीक्षकले कृत्रिम लेखपरीक्षण गर्दा समेत समस्या आएको छ’ उनले भने– ‘सहकारी सिद्धान्त नमान्नेहरुलाई कारवाहीको दायरामा ल्याउने र सिद्धान्त मान्नेलाई प्रोत्साहन दिने छौं ।’
कार्यक्रममा राष्ट्रिय सहकारी संघका उपाध्यक्ष मिनराज कंडेले सहकारीमा राजनीति नगर्न सहकारीकर्मीहरुलाई सुझाव दिए । प्रौढ सहकारी बुटवलका अध्यक्षले सहकारीमा पार्टीका प्यानल बनाएर काम गर्ने पद्धतिले सहकारीमा समस्या आएको बताए ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
