२१ कात्तिक २०८३, शनिवार

यसरी मनाइयो मकवनपुरमा सहकारी दिवस, खादा प्रतिस्थापन गर्ने मकवनपुरे घोषणा

२०७१ चैत २१, शनिवार
यसरी मनाइयो मकवनपुरमा सहकारी दिवस, खादा प्रतिस्थापन गर्ने मकवनपुरे घोषणा

मकवानपुर । ‘आयात प्रतिस्थापन र सामाजिक न्यायका लागि सहकारी’ भन्ने मूल नाराका साथ मकवानपुरमा भव्यरुपमा सहकारी दिवस मनाइएको छ । चैत्र १५ गतेबाट सम्पताह व्यापीरुपमा विभिन्न कार्यक्रम गरि चैत्र २० गते वहृत र्याली सहित भव्य सभा गरी यसपालीको राष्ट्रिय सहकारी दिवस २०७१ सम्पन्न गरिएको हो ।

सप्ताहव्यापी कार्यक्रममको रुपमा चैत्र १५ गते सहकारी शिक्षा शिविर, हेटौडा, चैत्र १६ गते सहकारी एकिकरण गोष्ठि हेटौडा, चैत्र १७ गते गाविसको सतप्रतिशत महिला सहकारीमा आवद्धता घोषणा कार्यक्रम मार्खु गाविस, चैत्र १८ गते मानवसेवा आश्रमका विरामीहरुलाई फलफुलवितरण, चैत्र १९ गते वृहत मोटरसाईकल र्याली र चैत्र २० गते वृहत प्रभातफेरी र्याली सहितको प्रवचत कार्यक्रम गरि सम्म गरिएको हो । सहकारी दिवसको दिन र्याली कार्यक्रममा ५११० जनाको उपस्थिति रहेको थियो ।

जिल्ला सहकारी संघका अध्यक्ष एवं राष्ट्रिय सहकारी संघका संचालक वद्री लम्सालको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा यस वर्षको उत्कृष्ट सहकारी संस्थाको रुपमा पालुङ वहुउद्देश्यीय सहकारी संस्था लि. थाहा नगरपाकिालका मकवानपुरलाई घोषणा गरिएको थियो । त्यस्तै गरी उत्कृष्ट अभियानकर्ताको रुपमा महिला एकता बचत तथा ऋण सहकारी संस्था भैसे १ का अध्यक्ष सर्मिला महत र जनजागृति नगर दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष इन्द्र वहादुर वस्नेतलाई नगद सहित सम्मान गरिएको थियो । त्यस्तै गरी उत्कृष्ट व्यवस्थापकको रुमा कुटेश्वरी महिला बचत तथा ऋण सहकारी संस्था आग्राका शान्ति माया वाईवा र जनसेवक कर्मचारी उपभोक्ता सहकारी संस्थाका व्यवस्थापक राजकुमार चौलागाई लाई नगरद सहित प्रशंसा पत्र प्रदान गरिएको थियो । डिभिजन सहकारी कार्यालमा लामो समय अनवरत रुपमा कार्य गर्ने सहायक सहकारी निरिक्षक सुस्मा गौतमलार्य उत्कृष्ट कर्मचारीको रुपमा नगद सहित सम्मान गरिएको थियो ।

कार्यक्रममा बोल्दै मकवापनुर जिल्लाका प्रमुख जिल्ला अधिकारी राम प्रसाद थपलियाले आयत प्रतिस्थापन र सामाजिक न्याय स्थापित गर्ने एकमात्र विकल्प सहकारी रहेको वताए । त्यस्तै गरि गरिवी उन्मुलन, भोकमरी, पछौटेपन र महिलाहरुको सामाजिक आर्थिक रुपान्तरणको लागि सहकारीले ठूलो भूमिका निर्वाह गर्न सक्ने र त्यसका लागि जिल्लामा सहकारी संस्थाहरु १० वर्षे भिजन सहित अघि वढ्नु पर्ने त्यसका लागि प्रमुख जिल्ला अधिकारीको हैसितले पूर्ण सहयोग रहने कुरा समेत वताए । त्यस्तै कार्यक्रममा सहकारी संस्थाहरुले आयात प्रतिस्थापन गर्न सानो नै भए पनि विभिन्न कार्यक्रममा प्रयोग हुने खादालाई प्रतिस्थापन गर्नु पर्ने र सोको सुरुवात मकवानपुरले फुलमालाको प्रयोग गर्दै खादा प्रतिस्थापन गरेको राष्ट्रिय सहकारी संघका सदस्य वद्री प्रसाद लम्साल ले घोषणा गरे ।

कार्यक्रममा स्थानिय विकास अधिकारी भोजराज खतिवडा, केन्द्रिय दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष नरायण प्रसाद देवकोटा, डिभिजन सहकारी कार्यालय हेटौडाका प्रमुख भिम परियार, विभिन्न राजनैतिक दलका प्रमुख एवं प्रतिनिधि, विषयगत संघका अध्यक्षहरु, सरकारी निकायका कार्यालय प्रमुखहरुले मन्तव्य व्यक्त गरेका थिए । यस वर्ष राष्ट्रिय स्तरमा समेत मकवानपुरमा उत्कृष्ट जिल्ला संघको तर्फबाट जिल्ला दुग्ध उत्पादक सहकारी संघ मकवापनुर र उत्कृत सहकारी व्यवसाय पुरस्कारबाट महिला जागरण बचत तथा ऋण सहकारी संस्था लि गढिले राष्ट्रिय स्तरमा पुरस्कार समेत पाएका थिए ।

अभिलेख

लोकप्रिय