नेपाल भ्रमण फलदायी : भारतीय विदेश सचिव जयशंकर
काठमाडौं । नेपाल भ्रमण फलदायी भएको भारतका विदेश सचिव एस जयशंकरले बताएका छन् ।
नेपालको दुईदिने औपचारिक भ्रमण पूरा गरी शुक्रबार अपराह्न स्वदेश फर्कनुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रस्थान सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले आफ्ना नेपाली समकक्षी शंकरदास बैरागीसँगको छलफल उत्पादनमूलक रहेको बताए ।
छलफलमा नेपाल–भारत बहुआयामिक सम्बन्धका विविध पक्षमा छलफल हुनुका साथै नेपाल–भारतबीच कार्यान्वयनका निम्ति सहमति भएका परियोजनाहरूको अवस्थाको समीक्षा भएको उनले जानकारी दिए ।
नेपाल बसाइका क्रममा भारतीय विदेश सचिवले राष्ट्रपति डा। रामवरण यादव, प्रधानमन्त्री सुशील कोइराला, संविधानसभाका अध्यक्ष सुवास नेम्वाङ, परराष्ट्र मन्त्री महेन्द्रबहादुर पाण्डेका साथै विभिन्न राजनीतिक दलका नेताहरूसँग भेटवार्ता गरेका थिए ।
राजनीतिक नेतृत्वसँगको भेटवार्तामा आफूले नेपालमा लोकतन्त्रको स्थायित्व शान्ति र समृद्धिका निम्ति नेपाली जनतासँग मिलेर काम गर्ने भारतको प्रतिबद्धता स्पष्ट पारेको पनि विदेश सचिव जयशंकर जानकारी दिए । ‘भारतको विदेश नीतिमा नेपाल उच्च प्राथमिकतामा रहेको विषय पनि मैले उहाँहरूलाई अवगत गराएँ ।’ उनले भने ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
