गैडाकोट साकाेस 'उत्कृष्ट सहकारी व्यवसाय पुरस्कार २०७१' बाट सम्मानित
नवलपरासी । गैडाकोट बचत तथा रिण सहकारी संस्था (गैडाकोट साकाेस) उत्कृष्ट सहकारी व्यवसाय पुरस्कार २०७१ बाट सम्मानित भएको छ । ५८ औ राष्ट्रिय सहकारी दिवसको अवसरमा जिल्ला सहकारी संघ र डिभिजन सहकारी कार्यालय नवलपरासीले बर्दघाटमा आयोजना गरेको कार्यक्रममा सम्मानीत भएकाे हाे ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी हरि प्रसाद मैनाली र जिल्ला सहकारी संघ नवलपरासीका अध्यक्ष बिष्णु प्रसाद पौडेलले संस्थालाई सम्मान पत्र र पुरस्कारबाट सम्मानित गरे । २०५० सालमा तत्कालिन गैडाकोट गाबिसमा स्थापना भएको यस संस्थाको हाल गैडाकोट नगरपालिका लाइ कार्य क्षेत्र बनाएको छ । प्रति सदस्य ५० रुपैंया मासिक बचत बाट सुरु भएको यस संस्थाले हाल १७ करोड ५० लाख पुजी संकलन गर्दै ३१४० जना सदस्यहरुलाई विभिन्न वित्तिय सेवा पुर्याउदै आएको छ ।
यसैगरि सहकारी दिवसको अवसरमा आयोजित सहकारी लोक दोहोरी गित प्रतियोगीतामा संस्थाले तृतिय पुरस्कार प्राप्त गरेकाे छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार

