२१ कात्तिक २०८३, शनिवार

राष्ट्रिय सहकारी वर्ष व्यक्तित्व पुरस्कारबाट अर्याल सम्मानित

२०७१ चैत २१, शनिवार
राष्ट्रिय सहकारी वर्ष व्यक्तित्व पुरस्कारबाट अर्याल सम्मानित

रुपन्देही । ५८ औं सहकारी दिवस एक कार्यक्रमका वीच डिभिजन सहकारी कार्यालय र संघहरुको संयुक्त आयोजनामा बुटवल व्यापार संघको सभाहलमा सम्पन्न गरेको छ ।

डिभिजन सहकारी कार्यालयले यस वर्षको राष्ट्रिय सहकारी वर्ष व्यक्तित्व पुरस्कारबाट कल्याणकारी बहुउद्देश्यीय सहकारी संस्था बुटवलका डोलप्रसाद अर्याललाई सम्मान गरेको छ । त्यस्तै सक्षम व्यवस्थापकको रुपमा प्रगतिशील महिला बहुउद्देश्यीय सहकारीकी जमुना गिरी, उत्कृष्ट निजामति पुरस्कारबाट सहकारी निरीक्षक गुणाकर खनाल सम्मानीत भएको छ ।

त्यसैगरी जनउत्थान साकोस तिलोत्तमा र साना किसान सहकारी पनि पं्रशसापत्रबाट प्रोत्साहन गरेको छ । कार्यक्रममा सहकारी अधिकृत नेत्रप्रसाद घिमिरेले सहकारीले थुप्रै राम्रा काम गरेपनि सहकारी सञ्चालक र नेतृत्वले सहकारी सिद्धान्त अबलम्बन नगर्दा सहकारीमा समस्या आएको बताए । ‘लेखापरीक्षकले कृत्रिम लेखपरीक्षण गर्दा समेत समस्या आएको छ’ उनले भने– ‘सहकारी सिद्धान्त नमान्नेहरुलाई कारवाहीको दायरामा ल्याउने र सिद्धान्त मान्नेलाई प्रोत्साहन दिने छौं ।’

कार्यक्रममा राष्ट्रिय सहकारी स‌ंघका उपाध्यक्ष मिनराज कंडेले सहकारीमा राजनीति नगर्न सहकारीकर्मीहरुलाई सुझाव दिए । प्रौढ सहकारी बुटवलका अध्यक्षले सहकारीमा पार्टीका प्यानल बनाएर काम गर्ने पद्धतिले सहकारीमा समस्या आएको बताए ।

अभिलेख

लोकप्रिय