२१ कात्तिक २०८३, शनिवार

सहकारीले शुरु गर्यो बाख्रा पैंचो कार्यक्रम

२०७१ चैत २१, शनिवार
सहकारीले शुरु गर्यो बाख्रा पैंचो कार्यक्रम

धादिङ । दियालो साना किसान कृषि सहकारी संस्था, महावेदस्थानले सदस्यहरुमा बाख्रा पैंचो कार्यक्रम सुरु गरेको छ ।

न्यून आय भएका सदस्यहरुको आर्थिक अवस्था सुधारमा सहयोग पुर्याउने उद्देश्यले चेपाङ समुदायमा बाख्रा पैचो कार्यक्रम सुरु गरिएको हो । संस्थाले महादेवस्थान–१ मासखर्कका ५ जना र ३ तार्लाकका ५ जना सदस्यहरुलाई बाख्रा किन्नको लागि प्रतिव्यक्ति पाँच हजार उपलब्ध गराएको गरेको छ । सामाजिक सामुदायिक कार्यक्रम अन्तर्गत साना किसान बैंकको सहयोगमा २५ सय अनुदान र २५ सय सहुलियत ऋण उपलब्ध गराइएको सहकारीका अध्यक्ष मेनुका लोहनीले बताइन । लोहनीका अनुसार अनुदान र सहुलियतमा ऋण लिएर किनेको बाख्राबाट उत्पादन भएको पाठापाठी मध्ये एउटा छिमेकी सदस्यलाई दिनुपर्ने छ । पहिलो पटक मासखर्क र तार्लाकमा सुरु भएको बाख्रा पैंचो कार्यक्रम अन्य स्थानमा पनि विस्तार गरिने सहकारीका प्रबन्धक अम्बिका खड्काले जानकारी दिइन ।

यस्तै संस्थाले सहकारी दिवसको अवसरमा सहकारीले गरिब तथा विपन्न चेपाङ समुदायमा लत्ता कपडा वितरण गरेको छ । सहकारी मार्फत सिलाईकटाई तालिम संचालन गर्दा तयार भएको कपडा चेपाङ समुदायका परिवारलाई वितरण गरिएको संस्थाले जनाएको छ ।

अभिलेख

लोकप्रिय