२१ कात्तिक २०८३, शनिवार

गैडाकोट साकाेस 'उत्कृष्ट सहकारी व्यवसाय पुरस्कार २०७१' बाट सम्मानित

२०७१ चैत २१, शनिवार
गैडाकोट साकाेस 'उत्कृष्ट सहकारी व्यवसाय पुरस्कार २०७१' बाट सम्मानित

नवलपरासी । गैडाकोट बचत तथा रिण सहकारी संस्था (गैडाकोट साकाेस) उत्कृष्ट सहकारी व्यवसाय पुरस्कार २०७१ बाट सम्मानित भएको छ । ५८ औ राष्ट्रिय सहकारी दिवसको अवसरमा जिल्ला सहकारी संघ र डिभिजन सहकारी कार्यालय नवलपरासीले बर्दघाटमा आयोजना गरेको कार्यक्रममा सम्मानीत भएकाे हाे ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी हरि प्रसाद मैनाली र जिल्ला सहकारी संघ नवलपरासीका अध्यक्ष बिष्णु प्रसाद पौडेलले संस्थालाई सम्मान पत्र र पुरस्कारबाट सम्मानित गरे । २०५० सालमा तत्कालिन गैडाकोट गाबिसमा स्थापना भएको यस संस्थाको हाल गैडाकोट नगरपालिका लाइ कार्य क्षेत्र बनाएको छ । प्रति सदस्य ५० रुपैंया मासिक बचत बाट सुरु भएको यस संस्थाले हाल १७ करोड ५० लाख पुजी संकलन गर्दै ३१४० जना सदस्यहरुलाई विभिन्न वित्तिय सेवा पुर्याउदै आएको छ ।

यसैगरि सहकारी दिवसको अवसरमा आयोजित सहकारी लोक दोहोरी गित प्रतियोगीतामा संस्थाले तृतिय पुरस्कार प्राप्त गरेकाे छ ।

Gaidakot saccos

अभिलेख

लोकप्रिय