२१ कात्तिक २०८३, शनिवार

सहकारी पत्रकार समाज सम्मानित

२०७१ चैत २०, शुक्रबार
सहकारी पत्रकार समाज सम्मानित

काठमाडौं । ५८ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा नेपाल सहकारी पत्रकार समाज सम्मानित भएको छ । ५८ औं सहकारी दिवस मूल आयोजक समिति काठमाडौंले सञ्चार जगतबाट सहकारीको योगदान पुर्याएको कदर गर्दै सहकारी पत्रकार समाजलाई सम्मान गरेको होे ।

विभिन्न सञ्चारमाध्यममा रहेका पत्रकारलाई सशक्त बनाई सहकारीको समाचार सम्पे्रषणमा टेवा पुर्याएको मुल्यांकन गर्दै सहकारी पत्रकार समाजलाई पुरस्कृत गरेको हो । काठमाडौं जिल्ला संघका महासचिव खेमराज सुवेदी सञ्चारमार्फत सहकारीको विकासमा टेवा पुर्याएकाले चर्चा गर्दै समाजलाई सम्मनित गरिएको बताए ।

सहकारी दिवसका अवसरमा सहकारी पत्रकार समाज सहित पाँच वटा प्ररम्भीक सहकारी पनि सम्मानित भएका छन् । दिवसको अवसरमा लक्षित वर्गले सञ्चालन गरेको सहकारीमध्ये गौरब बचत तथा ऋण सहकारी संस्था गोंगबु, उत्कृष्ट महिला सहकारीमध्ये उपसना बचत तथा ऋण सहकारी संस्था सीतापाईला सम्मानित भएका छन् । त्यसैगरी उत्पादनशील क्षेत्रमा उत्कृष्ट कार्य गर्ने भविष्य कृषि सहकारी संस्था, सदस्यमार्फत व्यवसायमा टेवा पुर्याउने नागरिक समाज मनमैजु र ठूलो कारोबार गर्नेमध्ये नवकान्तिपुर बहुउद्देश्यीय सहकारी संस्था सम्मानित भएका हुन् ।

अभिलेख

लोकप्रिय