भव्यताका साथ मनाईयो सहकारी दिवस
काठमाडौं । आज ५८ औैं राष्ट्रिय सहकारी दिवस । ‘आयात प्रतिस्थापन र सामाजिक न्यायका लागि सहकारी’ भन्ने मूल नाराका साथ देशभर धुमधामका साथ ५८ औं राष्ट्रिय दिवस मनाईएको छ । दिवसका अवसरमा अधिकांश जिल्लामा साताव्यापी कार्यक्रमहरु भएका छन् ।
दिवसको अवसरमा काठमाडौं जिल्ला संघ र डिभिजन सहकारी कार्यालय सम्मिलित मूल आयोजक समितिले शुक्रबार र्याली सम्पन्न गरेको छ । र्यालीमा हजारौं सहकारीकर्मीहरुको उपस्थिती रहेको थियो ।
र्याली समापन कार्यक्रममा बोल्दै राष्ट्रिय सहकारी संघका अध्यक्ष केशव बडालले सहकारीले उत्पादन वृद्वि गरी देशलाई आत्मनिर्भर बनाउनुपर्नेमा जोड दिए । सहकारीले उत्पादन वृद्वि गर्न नसक्दासम्म देश उभो नलाग्ने उनको भनाई थियो ।
‘सहकारीले आयात प्रस्थिपन गर्न कृषि तथा गैर कृषिमा लगानी गर्न आवश्यक छ’ उहाँले भन्नुभयो– दिवसले सहकारीकर्मीलाई उत्पादनशील क्षेत्रमा लगानी गर्न उत्प्रेरित गर्ने छ’ उनले भने । देशले ७ अर्ब ब्यापार घाटा बोहोरिएकाले सहकारीले उत्पादन बढाई ब्यापार घाटा पूर्ति गर्नका लागि सम्पूर्ण सहकारी तथा सहकारीकर्मीलाई उत्पादन वृद्वि गर्न आह्वान गरे ।
स्वाधानि अर्थतन्त्रका लागि सहकारी सबल खम्बा भएर उत्पादनका क्रियाकलाप बढाउनुपर्नेमा जोड दिए । सहकारीले उत्पादन वृद्वि गर्न सके तीनखम्बामा सहकारी सबल खम्बा बन्न सक्ने बडालले बताए । ‘अझै पनि उत्पादनमा ध्यान दिन सकेन भने देश आर्थिक संकत बोर्होनुपर्ने छ, त्यसले म सहकारीकर्मीहरुलाई अब उत्पादन वृद्वि गर्न केन्द्रित हुन आग्रह गर्दछु’ उनले भने ।
सहकारी विभागका रजिष्ट्रार विष्णुहरि पौडेलले सहकारीसँग बचत सीप र पूँजी भएकाले अब रचनात्मक काममा लगाउनुपर्नेमा जोड दिए । उत्पादनमा लगानी गर्न सके मात्र, विदेशी उत्पादनसँग प्रतिष्पर्धा गर्न सकिने उनको भनाई थियो । सहकारीले उत्पादन वृद्वि गर्दा सामाजिक न्याय पनि सँगसँगै हुने उनले बताए ।
राष्ट्रिय सहकारी बैंकका प्रबन्ध सञ्चालक केबी उप्रेतीले सहकारीले ठूलाठूला उद्योग सञ्चालन गर्न सके मात्र देशको व्यापार घाटा कम गर्न सकिने बताए। ‘अहिले तीन खम्बामा सहकारी कमजोर खम्बा रुपमा स्थापित भएका छ, अब उत्पादन वृद्वि गर्न सकिएन भने अर्थतन्त्रको तीन खम्बेबाट हट्न सक्छ’ उनले भने ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
