२१ कात्तिक २०८३, शनिवार

सहकारी पिडितलाई छिट्टै न्याय : सह-सचिव कुँवर

२०७१ चैत १९, बिहिबार
सहकारी पिडितलाई छिट्टै न्याय : सह-सचिव कुँवर

काठमाडौं । सहकारी तथा गरीबी निवारण मन्त्रालयका सह–सचिव पुरुषोत्तम कुँवरले सहकारी पिडितहरुले छिट्टै न्याय पाउने बताएका छन् ।

समस्याग्रस्त सहकारीको समस्या समाधानका लागि ऐन संशोधन गरी मन्त्रीपरिषद्मा पठाइएको र चाँडै पास भएर आउने उनको विश्वास व्यक्त गरे । संचारकर्मीहरु लगायत सरोकारवालासंग सहकारी प्रवद्र्धन र प्रचार प्रसार कार्यक्रम अन्र्तगत एक दिवसीय अभिमुखिकरण कार्यक्रममा बोल्दै कुँवरले सो कुरा बताएका हुन् । ऐन पास भएर आएपछि पिडितको लगानी उठाउन बाटो खुल्ने बताए । ‘अब सहकारीलाई विना नियन्त्रण छाड्नु हुँदैन ।’ उनले भने– ‘बैंक तथा वित्तिय संस्थाहरुलाईझै नियन्त्रणमा राख्न नसके थप समस्या उत्पन्न हुन्छ ।’

कार्यक्रममा मन्त्रालयका उप सचिव बाबुराम भुसालले बचत तथा ऋण सहकारीहरुले सदस्यहरुलाइ शोषण गरिरहेको बताए । सदस्हरुलाई चर्को व्याजमा कर्जा प्रवाह गरेर शोषण गरेको बताए । ‘नेपालका सहकारीहरुमा नाफा कमाउने होड चलेको छ ।’ उनले भने– ‘बचत तथा ऋण सहकारी बैंक तथा वित्तिय संस्था भन्दा सहकारीमा केही फरक छैन ।’ सहकारी पत्रकार समाज र मन्त्रालय एक आपसमा सहकार्य गर्न तयार रहेको उनको भनाई थियो ।

अभिलेख

लोकप्रिय