२१ कात्तिक २०८३, शनिवार

सहकारी दिवस : खुल्ला दिशामुक्त सम्बन्धी जनचेतनामुलक र्याली

२०७१ चैत १९, बिहिबार
सहकारी दिवस : खुल्ला दिशामुक्त सम्बन्धी जनचेतनामुलक र्याली

देहाती । ५८ औं राष्ट्रिय सहकारी दिवसको उपल्क्षमा बचत तथा ऋण सहकारी संघ लि. पर्साले खुल्ला दिशामुक्त सम्बन्धी जनचेतनामुलक र्याली सम्पन्न गरेको छ ।

विरगंज उपमहानगरपालीका वडा नं २० मा ‘अलौ बासीको अभिभारा खुल्ला दिसामुक्त बनाआैं वडा सारा’, ‘आफ्नो चर्पी आफै बनाआैं’, ‘रोगबाट बचौं र बचौं’ भन्ने नारा सहित बाईनर र पप्पलेट सहितको जनतेतनामुलक र्याली निकालिएको थियो । अलौबाट शुरु भएको र्याली सुखाबन्दगाह चोकमा समापन गरिएको थियो । कार्यक्रमको अध्यक्षता संघका अध्यक्ष राजेश पडित गरेका थिए ।

कार्यक्रममा डिभिजन सहकारी कार्यालय पर्साका प्रमुख राजु प्रसाद साह, संघका उपाध्यक्ष असगर अली, सचिव पन्नालाल शाह, सदस्य रामनिवास देहाती लगायत ७० जना सहकारीकर्मीको उपस्थिती रहेको थियो । संघको आयोजनामा १९ गते रक्तदान, २० गते सहकारी र्याली र २१ गते समिक्षा गोष्ठी कार्यक्रम तय भएको संघले जनाएको छ ।

अभिलेख

लोकप्रिय