२१ कात्तिक २०८३, शनिवार

सहकारी दिवस : नुवाकाेटमा नारा अनुसारकाे काम

२०७१ चैत १९, बिहिबार
सहकारी दिवस : नुवाकाेटमा नारा अनुसारकाे काम

कृषि मेलामा बजारीकरणको शैलीबारे छलफल

नुवाकोट । ५८ औं राष्ट्रिय सहकारी दिवसका अवसरमा आयोजित प्रथम नुवाकोट कृषि मेलामा जिल्लाका कृषि उत्पादन र कृषिका लागि आवश्यक औजार र प्रविधि तथा पशुपालन, हस्तकलाका सामग्री, वैकल्पिक उर्जा, जैविक कृषि आदि प्रदर्शन गरिएका छन् ।

‘प्रथम नुवाकोट कृषि मेला २०७१’ (कृषि उत्पादन, यन्त्र, औजार र प्रविधि प्रदर्शनी)’ नाम दिइएको मेलामा कृषक, कृषि उद्यमी, व्यवसायी, कृषक समूह, सहकारी सङ्घ/घसंस्थाका विभिन्न उत्पादन राखिएका छन् । मङ्गलबारदेखि सुरु भएको मेलाकै अवसरमा हरेक दिन कृषिविज्ञ र कृषकबीच विभिन्न विषयमा अन्तरसंवाद गरी कृषि उत्पादनमा भएका समस्या, बीउबिजनको प्रयोग, लागत, बजारीकरणको शैली, नुवाकोटको कृषि सम्भावनालगायतका विषयमा छलफल समेत गरिने बताइएको छ ।

जिल्ला सहकारी सङ्घको बहुउद्देश्यीय व्यावसायिक भवनमा भएको मेला यही चैत २० गते सहकारी दिवसको दिनसम्म सञ्चालन हुनेछ । मेलाको उद्घाटन गर्दै प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले रोजगारीको बृहत् क्षेत्र नै कृृषि भएकाले यसको सम्भावनाको खोजी गरी प्रबद्र्धन गर्नुपर्नेमा जोड दिए ।

मेलाका संयोजक तथा जिल्ला सहकारी सङ्घका अध्यक्ष वैकुण्ठ मिश्रले नुवाकोट कृषि क्षेत्रको विकासका लागि महत्वपूर्ण योगदान पुग्ने तथा देशको निर्यातमूलक उत्पादन वृद्धि गराउन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

अभिलेख

लोकप्रिय