नयाँ संविधान सहकारीमैत्री
राष्ट्रिय सहकारी सङ्घका अध्यक्ष एवम् सभासद् केशवप्रसाद बडालले अन्तरिम संविधानमा उल्लिखित आर्थिक विकासका तीन खम्बामध्ये सहकारी पनि एक भएकाले आगामी बन्ने संविधानमा उक्त मान्यतालाई दीर्घकालीन रुपमा लागू गर्न अनुरोध गरे ।
ललितपुर । अब बन्ने संविधान सहकारीमैत्री बन्ने सभाध्यक्ष सुवास नेम्वाङले बताएका छन् ।
५८ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा राष्ट्रिय सहकारी सङ्घद्वारा बिहिबार आयोजित ‘आयात प्रतिस्थापन र सामाजिक न्यायका लागि सहकारी’ विषयको विचार गोष्ठी एवम् पुरस्कार घोषणा समारोहलाई सम्बोधन गर्दै उनले राजनीतिले सकारात्मक गति लिन नसक्दा हाम्रो मुलुक चीन र भारत जस्तो आर्थिक रुपमा सबल हुन नसकेकाले जति सक्दो छिटो संविधान निर्माण गर्नका लागि सबै दललाई छिटो सहमति गरी मुलुकलाई समाधान दिन आग्रह गरे ।
पूर्वअर्थमन्त्री एवम् सङ्घका सल्लाहकार भरतमोहन अधिकारीले चालु आवको छ महिनामा करिब ३४४ अर्ब व्यापार घाटा भएको उल्लेख गर्दै सो व्यापार घाटालाई कम गर्न कृषिजन्य उत्पादन बढाएर आयात घटाउने र निर्यात बढाउनुपर्नेमा जोड दिए ।
नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीले मुलुकको विकासको प्रमुख मेरुदण्डका रुपमा रहेको सहकारीको थप विकास र विस्तारका लागि सरकारीस्तरबाट प्रोत्साहन गर्नु जरुरी रहेको बताए ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
