सहकारी पिडितलाई छिट्टै न्याय : सह-सचिव कुँवर
काठमाडौं । सहकारी तथा गरीबी निवारण मन्त्रालयका सह–सचिव पुरुषोत्तम कुँवरले सहकारी पिडितहरुले छिट्टै न्याय पाउने बताएका छन् ।
समस्याग्रस्त सहकारीको समस्या समाधानका लागि ऐन संशोधन गरी मन्त्रीपरिषद्मा पठाइएको र चाँडै पास भएर आउने उनको विश्वास व्यक्त गरे । संचारकर्मीहरु लगायत सरोकारवालासंग सहकारी प्रवद्र्धन र प्रचार प्रसार कार्यक्रम अन्र्तगत एक दिवसीय अभिमुखिकरण कार्यक्रममा बोल्दै कुँवरले सो कुरा बताएका हुन् । ऐन पास भएर आएपछि पिडितको लगानी उठाउन बाटो खुल्ने बताए । ‘अब सहकारीलाई विना नियन्त्रण छाड्नु हुँदैन ।’ उनले भने– ‘बैंक तथा वित्तिय संस्थाहरुलाईझै नियन्त्रणमा राख्न नसके थप समस्या उत्पन्न हुन्छ ।’
कार्यक्रममा मन्त्रालयका उप सचिव बाबुराम भुसालले बचत तथा ऋण सहकारीहरुले सदस्यहरुलाइ शोषण गरिरहेको बताए । सदस्हरुलाई चर्को व्याजमा कर्जा प्रवाह गरेर शोषण गरेको बताए । ‘नेपालका सहकारीहरुमा नाफा कमाउने होड चलेको छ ।’ उनले भने– ‘बचत तथा ऋण सहकारी बैंक तथा वित्तिय संस्था भन्दा सहकारीमा केही फरक छैन ।’ सहकारी पत्रकार समाज र मन्त्रालय एक आपसमा सहकार्य गर्न तयार रहेको उनको भनाई थियो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
