सहकारी दिवस : नुवाकाेटमा नारा अनुसारकाे काम
कृषि मेलामा बजारीकरणको शैलीबारे छलफल
नुवाकोट । ५८ औं राष्ट्रिय सहकारी दिवसका अवसरमा आयोजित प्रथम नुवाकोट कृषि मेलामा जिल्लाका कृषि उत्पादन र कृषिका लागि आवश्यक औजार र प्रविधि तथा पशुपालन, हस्तकलाका सामग्री, वैकल्पिक उर्जा, जैविक कृषि आदि प्रदर्शन गरिएका छन् ।
‘प्रथम नुवाकोट कृषि मेला २०७१’ (कृषि उत्पादन, यन्त्र, औजार र प्रविधि प्रदर्शनी)’ नाम दिइएको मेलामा कृषक, कृषि उद्यमी, व्यवसायी, कृषक समूह, सहकारी सङ्घ/घसंस्थाका विभिन्न उत्पादन राखिएका छन् । मङ्गलबारदेखि सुरु भएको मेलाकै अवसरमा हरेक दिन कृषिविज्ञ र कृषकबीच विभिन्न विषयमा अन्तरसंवाद गरी कृषि उत्पादनमा भएका समस्या, बीउबिजनको प्रयोग, लागत, बजारीकरणको शैली, नुवाकोटको कृषि सम्भावनालगायतका विषयमा छलफल समेत गरिने बताइएको छ ।
जिल्ला सहकारी सङ्घको बहुउद्देश्यीय व्यावसायिक भवनमा भएको मेला यही चैत २० गते सहकारी दिवसको दिनसम्म सञ्चालन हुनेछ । मेलाको उद्घाटन गर्दै प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले रोजगारीको बृहत् क्षेत्र नै कृृषि भएकाले यसको सम्भावनाको खोजी गरी प्रबद्र्धन गर्नुपर्नेमा जोड दिए ।
मेलाका संयोजक तथा जिल्ला सहकारी सङ्घका अध्यक्ष वैकुण्ठ मिश्रले नुवाकोट कृषि क्षेत्रको विकासका लागि महत्वपूर्ण योगदान पुग्ने तथा देशको निर्यातमूलक उत्पादन वृद्धि गराउन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
