२१ कात्तिक २०८३, शनिवार

सहकारी गीतको भिडियो विमोचन

२०७१ चैत १८, बुधबार
सहकारी गीतको भिडियो विमोचन

काठमाडौं । ५८ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा ‘नारी पुरुष हाराहारी’ नामक सहकारी गीतको भिडियो विमोचन भएको छ ।

भिडियो राजधानीमा आयोजित एक कार्यक्रममा व्यवस्थापिका संसदका सभामुख सुवास नेम्वाङले विमोचन गरेका हुन् । सन्देशमूलक यस गीतमा संगीत कस्तुप पन्त, स्वर देवी घर्ती र खुमन अधिकारी रहेको छ । भिडियोमा अभिनय शंकर बीसी र अञ्जु निरौलाको छन् ।

सहकारी विभागको प्रस्तुतीमा रहेको यस गीतको रचना सहकारी विभागका रजिष्ट्रार विष्णुहरी पौडेलको रहेको छ ।

अभिलेख

लोकप्रिय