२१ कात्तिक २०८३, शनिवार

सहकारी दिवस : स्वास्थ शिविर र रक्तदान

२०७१ चैत १८, बुधबार
सहकारी दिवस : स्वास्थ शिविर र रक्तदान

काठमाडौं । जिल्ला सहकारी संघ, काठमाडौंले ५८ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा स्वास्थ शिविर र रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

मंगलबार पद्म कन्या मावि, दक्षिणकालीमा अध्ययनरत ३ सय १५ जना विद्यार्थीको स्वास्थ्य परीक्ष्क्षण गरिएको छ । शिबिरमा विद्यार्थीको आँखा, दाँत, घाटी रगत लगायतको परिक्षण गरिएको थियो ।

मनमोहन मेमोरियल, गणेशमान सिंह अस्पताललगायत बढी २५ जना प्राविधिक स्वास्थ्य शिविरमा खटिएका थिए । स्वास्थ्य शिविरमा प्राविधिको व्यस्थापन सपना बहुउद्देश्यीय सहकारी संस्थाले गरेको थियो ।

स्वास्थ शिविर उद्घाटन गर्दै नेकपा एमाले सहकारी विभाग प्रमुख पशुपति र्चौलागाईले सहकारीले विद्यार्थीको स्वस्थ्य परीक्ष्क्षण गरेकोमा खुसी व्यक्त गरे । सहकारीले रचनात्मक काम गर्न सके मात्र सहकारीप्रतिको आम जनताको धारणा अझ सकारात्मक बन्ने बताए । जिल्ला सहकारी संघका अध्यक्ष टेकप्रसाद चौलागाईले सहकारी दिवस रचनात्मक बन्दै गएको बताए । शिविरमा निःशुल्क औषधी पनि वितरण गरिएको थियो ।

त्यस्तै जिल्लाको आयोजनामा रक्तादान कार्यक्रम पनि सम्पन्न भएको छ । सहकारी बैंकको गोगंबु शाखामा भएको कार्यक्रममा ६५ जनाले रक्तदान गरेका थिए ।

ktm_sahakari_sang_raktdan

अभिलेख

लोकप्रिय