सहकारी दिवस : नयाँ सदस्यलाई सहकारी शिक्षा
नवलपरासी । ५८ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा गैडाकोट बचत तथा ऋण सहकारी संस्था, गैडाकोट–२ नवलपरासीले आफ्ना नयाँ सदस्यहरुको लागि सहकारी शिक्षा तालिम सम्पन्न गरेको छ ।
संस्थाले हालसालै सदस्यता प्राप्त गरेका नयाँ सदस्यहरुलाई सहकारीको विषयमार्फत शिक्षीत गराउँदै उनिहरुलाई गैडाकोट साकोसमा आर्थिक तथा सामाजिक रुपमा सक्रिय सहभागी गराउन सहकारी के हो ? सहकारीमा आबद्ध हुनुका फाइदा, संस्था संचालनमा सदस्यहरुको भुमिका तथा गैडाकोट साकोसको उत्पादन तथा सेवाहरुको बारेमा जानकारी गराएको छ ।
कार्यक्रमलाई संस्थापक अध्यक्ष तथा हाल लेखा तथा सुपरिबेक्षण समिति संयोजक गोबिन्द सुबेदी, उपाध्यक्ष तारानाथ लामिछाने र ब्यबस्थापक रामचन्द्र सुबेदीले सहजीकरण गरेका थिए ।
चैत्र १५, १६ र १७ गते तीन दिनमा तीन समुहमा गरि संचालन भएको उक्त तालिम कार्यक्रममा १४४ जना को सहभागिता रहेको थियो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
