२१ कात्तिक २०८३, शनिवार

यि हुन् २०७१ उत्कृष्ठ सहकारी संघ/संस्था

२०७१ चैत १८, बुधबार
यि हुन् २०७१ उत्कृष्ठ सहकारी संघ/संस्था

काठमाडौं । ५८ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा ६ वटा सहकारी संघ/संस्था पुरस्कृत हुने भएको छ । यस वर्षको उत्कृष्ट सहकारी संघ/संस्थाको नाम बुधबार एक कार्यक्रमको बीच राष्ट्रिय सहकारी संघले घोषणा गरेको छ ।

संघले जिल्ला स्तरीय संघहरुमध्ये सर्वोत्कृष्ट कार्य गर्ने मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेड, मकापानपुरलाई सम्मान गर्ने घोषणा गरेको छ । त्यस्तै प्रारम्भीक सहकारी संस्थाबाट सर्वोत्कृष्ट कार्य गर्ने मध्यमाञ्चालमा अवस्थित श्री लालीगुराँस बहुउद्दश्यीय सहकारी संस्था ललितपुर, पूर्वाञ्चलमा अवस्थित नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड मेचीनगर झापा, पश्चिमाञ्चलमा अवस्थित कस्तुरी बहुउद्देश्यीय सहकारी संस्था खंलगा जाजारकोटलाई सम्मान गर्ने घोषणा गरेको छ ।  त्यस्तै मध्यामाञ्चलमा अवस्थित महिला जागरण बचत तथा ऋण सहकारी संस्था मकवानपुरलाई उत्कृष्ट सहकारी व्यवसाय पुरस्कार २०७१ मा सम्मानित गर्न लागिएको हो ।

पुरस्कार सहकारी दिवसको दिने चैत २० गते वितरण गर्ने जनाएको छ ।

अभिलेख

लोकप्रिय