सहकारी दिवस : स्वास्थ शिविर र रक्तदान
काठमाडौं । जिल्ला सहकारी संघ, काठमाडौंले ५८ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा स्वास्थ शिविर र रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
मंगलबार पद्म कन्या मावि, दक्षिणकालीमा अध्ययनरत ३ सय १५ जना विद्यार्थीको स्वास्थ्य परीक्ष्क्षण गरिएको छ । शिबिरमा विद्यार्थीको आँखा, दाँत, घाटी रगत लगायतको परिक्षण गरिएको थियो ।
मनमोहन मेमोरियल, गणेशमान सिंह अस्पताललगायत बढी २५ जना प्राविधिक स्वास्थ्य शिविरमा खटिएका थिए । स्वास्थ्य शिविरमा प्राविधिको व्यस्थापन सपना बहुउद्देश्यीय सहकारी संस्थाले गरेको थियो ।
स्वास्थ शिविर उद्घाटन गर्दै नेकपा एमाले सहकारी विभाग प्रमुख पशुपति र्चौलागाईले सहकारीले विद्यार्थीको स्वस्थ्य परीक्ष्क्षण गरेकोमा खुसी व्यक्त गरे । सहकारीले रचनात्मक काम गर्न सके मात्र सहकारीप्रतिको आम जनताको धारणा अझ सकारात्मक बन्ने बताए । जिल्ला सहकारी संघका अध्यक्ष टेकप्रसाद चौलागाईले सहकारी दिवस रचनात्मक बन्दै गएको बताए । शिविरमा निःशुल्क औषधी पनि वितरण गरिएको थियो ।
त्यस्तै जिल्लाको आयोजनामा रक्तादान कार्यक्रम पनि सम्पन्न भएको छ । सहकारी बैंकको गोगंबु शाखामा भएको कार्यक्रममा ६५ जनाले रक्तदान गरेका थिए ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार

