२१ कात्तिक २०८३, शनिवार

प्रभु मेनेजमेन्टले ल्यायो सहकारी सफ्टवेयर ‘गुरु’, देशैभरका सहकारीलाई नि:शुल्क वितरण गरिने

२०७१ चैत १८, बुधबार
प्रभु मेनेजमेन्टले ल्यायो सहकारी सफ्टवेयर ‘गुरु’, देशैभरका सहकारीलाई नि:शुल्क वितरण गरिने

काठमाडौं । प्रभु ग्रुप अन्र्तगतको प्रभु मेनेजमेन्टले सहकारी संस्थाहरुलाई निःशुल्क रुपमा सफ्टवेयर दिने भएको छ । ‘गुरु’ नाम दिईएको उक्त सफ्टवेयर देशै भरी रहेका सहकारीलाई नि:शुल्क वितरण गरिने कम्पनीले जनाएको छ ।

नेपालको सहकरी क्षेत्रमा देखिएको अव्यबस्थीत पद्धतिलाई यस सफ्टवेयरले ठुलो राहात कम्पनीको दाबी छ । अन्तर सहकारी मनी ट्रान्सफर तथा अन्य वित्तिय कार्यका लागि समेत यो सार्थक बन्ने बताइएको छ । सफ्टवेयर निःशुल्क वितरण हुने भएकाले ससाना सहकारीले समेत यो अत्याधुनिक सुविधा उपभोग गर्न पाउने छन् । देशभर छरिएर रहेका सहकारीहरुको क्षमता अभिबृद्धि गर्न तथा सहकारीको दिगो विकास गर्नका लागि ‘गुरु’ सफ्टवेयर प्रभावकारी हुने प्रभु मेनेजमेन्टले जनाएको छ । उक्त सफ्टवयर प्रयोग गर्नका लागि विभिन्न सहकारीहरुले प्रभू मेनेजमेन्टको वेभसाइडबाटै फारम भर्न सक्नेछन् ।

मिडिया इन्टरनेशनलमा बुधबार आयोजित पत्रकार सम्मेलनमा प्रभु बैंकका अध्यक्ष देविप्रकाश भट्टचनले यसबाट ग्रामिण क्षेत्रमा रहेका सहकारीबाटै बैंकिङ सेवा सर्वसुलभ हुने बताए । सफ्टवेयर आफैमा एक नयाँ प्रविधि भएको भन्दै भट्टचनले भने ‘ग्रामिण भेगमा रहेका सहकारीहरुले सञ्चालन गरेको बैंकिङ सेवालाई यो सफ्टवयरले झन् सहयोग पुर्याउने छ, गाउँका सबै युवा विदेशतिर छन् उनीहरुका लागि बैंकिङ कारोबार गर्न यो सफ्टवयर निकै प्रभावकारी हुनेछ ।’ दुरजराजमा रहेका गाउँमा सञ्चालित सहकारीहरुले उक्त सफ्टवेयरको प्रयोग गरि स्थानीय स्तरमै बैंकिङ सेवा प्राप्त गर्न सफल हुने भन्दै अध्यक्ष भट्टचनले सफ्टवेर विकास गर्ने प्रभू मेनेजमेन्ट टिमलाई धन्यवाद र सुभकामना व्यक्त गरे ।

??????????

कार्यक्रममा राष्ट्रिय सहकारी संघका सञ्चालक दक्ष पौडेलले वित्तिय अनुसान कायम राख्न तथा जोखिम रहित बैंकका लागि विस्तार गरेको गुरु सफ्टवेयर सहकारी क्षेत्रमा कोसेढुङ्गा सवित हुने बताए । अन्तर सहकारी कारोबारलाई सहज बनाउन उक्त सफ्टवेयरले महत्वपुर्ण भूमिका खेल्ने भन्दै राष्ट्रिय सहकारी संघ यस सफ्टवेरको विकासबाट हर्षित रहेको बताए ।

प्रभु मेनेजमेन्टका कुसुम लामाले देशभरीका सहकारीहरुको हितलाई मध्यनजर गर्दै उनीहरुको दिगो विकासका लागि प्रभु मेनेजमेन्टले निःशुल्क रुपमा सफ्टवयर वितरण गर्न लागेको बताइन् । देशभरिको बैंकिङ सेवाको सर्बेक्षण गरी सहकारीको माध्यमबाट हुने बैंकिङ सेवालाई अझै चुस्त दुरुस्त बनाउन उक्त सफ्टवयरले महत्वपुर्ण भूमिका खेल्ने लामाले बताइन् ।

अभिलेख

लोकप्रिय