२१ कात्तिक २०८३, शनिवार

के कुराले सहकारी सिद्धान्तको अत्यन्त महत्व छ ?

२०७१ चैत १७, मङ्गलबार
के कुराले सहकारी सिद्धान्तको अत्यन्त महत्व छ ?

अनावश्यक नियमको खारेजी गरी कानूनी बाधा अड्चनबाट सार्वजनिक संस्थालाई स्वतन्त्र गराउनु पर्ने अवधारणा वर्तमान अवस्थामा स्वीकारिएको छ । सहकारी सिद्धान्तमा पनि धेरैजसो अव्यवहारिक पक्षहरु छन्, त्यसैले ती कुराबाट सहकारी संसथाहरु मुक्त हुनु पर्दछ भनी कतिपय सहकारीकर्मीहरुको टिप्पणी गरेको पाइन्छ ।

सहकारी सिद्धान्तहरु सहकारी संस्थाले आफ्नो मूल्य र मान्यतालाई व्यवहारमा उतार्ने मार्गदर्शन हुन् । र , यसै माध्यमबाट सहकारी संस्थाले आफ्नो पहिचान कायम गर्न सक्दछ भनी अन्तराष्ट्रिय सहकारी महासंघको दस्तावेजमा उल्लेख गरिएको छ ।

सहकारीका सिद्धान्तहरु सहकारी संस्थाहरुले विश्वास गर्ने सामान्य कुरा मात्र होइनन् । यी सिद्धान्तहरुले सहकारी समुदायको मूल्यको प्रतिनिधित्व गर्दछन् । उदाहरणका लागि कल्पना गर्न सक्छौ कि पहिलो सहकारी सिद्धान्त ऐच्छिक र खुला सदस्यतालाई झिक्ने हो भने सहकारीकर्मीहरुको आउँदो पुस्ताले सहकारी संस्थामा नयाँ गैर सदस्यलाई प्रवेश गराउनुपर्ने कुरोलाई विर्सनेछन् । यसबाट सहकारीको मूल्यमध्ये एक ‘खुलापन’ लाई दीर्घकालसम्म संरक्षण गर्न नसकिने भई सहकारी संस्थालाई बन्द प्रणालीतर्फ उन्मुख गराउने हुन्छ । यस्तो परिस्थितिमा सहकारी प्रकृयाको मूल चुरो जनसहभागिता परिचालन कहि कतै हराउन सक्नेछ ।

त्यसकारण सहकारी सिद्धान्तहरु सहकारी संस्था नामाकरण भएका कारणले मात्र आवश्यक हुने नभई सहकारी आन्दोलनको मूल लक्ष्य प्राप्तिका लागि पनि अत्यन्त आवश्यक हुन्छन् ।
स्रोत : केन्द्रीय सहकारी प्रशिक्षण केन्द्र

अभिलेख

लोकप्रिय