२१ कात्तिक २०८३, शनिवार

सञ्चयकर्ताले मागे १० गुना बढी सेयर

२०७१ चैत १६, सोमबार
सञ्चयकर्ताले मागे १० गुना बढी सेयर
काठमाण्डू । औमाथिल्लो तामाकोसी हाइड्रोपावर लिमिटेडको सेयर किन्न सञ्चयकर्ता कर्मचारीले ९.७९ गुनाभन्दा बढी रकमको माग गरेका छन्। सञ्चयकर्ता कर्मचारीका लागि १ अर्ब ८२ करोड रुपैयाँको सेयर छुट्ट्याइएकोमा १७ अर्ब ८३ करोड रुपैयाँभन्दा बढी रकमको आवेदन परेको सेयर निष्कासन तथा बिक्री प्रबन्धक नागरिक लगानी कोषले जनाएको छ। तामाकोसीको सेयर खरिदका लागि आइतबार अन्तिम म्याद तोकिएको थियो।
style="text-align: justify;">
class="googlead300-content" style="text-align: justify;"> class="story-page-ad"> class="custom"> class="ad-nep">आइतबारसम्म करिब १ लाख ६५ हजार सञ्चयकर्ताले आवेदन बुझाएको नागरिक लगानी कोषका मुख्य व्यवस्थापक तथा प्रवक्ता सुशीलकुमार अर्यालले बताए। उनले भने, ‘आइतबारसम्म सबै संकलन केेन्दबाट यथार्थ विवरण आइनसकेकोले यो तथ्यांकमा केही थपघट हुन सक्छ।’
class="itemFullText" style="text-align: justify;"> ४ लाख २९ हजार सञ्चयकर्ता कर्मचारीमध्ये ३८.४६ प्रतिशतले मात्र सेयरको फाराम भरेको अर्यालले बताए। यथेष्ट सूचना प्रवाह गरे पनि कम कर्मचारीमात्र सहभागी भएको उनको भनाइ थियो। ‘तीन वर्षसम्म सेयर बिक्री गर्न नपाइने, आयोजनाविरुद्धका मुद्दामामिला जस्ता कारण पनि आवेदन कम परेको हुन सक्ने अनुमान गरिएको छ,’ अर्यालले भने। आशा गरेभन्दा बढी रकम संकलन भए पनि सहभागी संख्या भने भएको उनको भनाइ थियो।
कम्पनीलाई ऋण दिने कर्मचारी सञ्चय कोष, नेपाल टेलिकम, बिमा संस्थान, र नागरिक लगानी कोषका प्रायः सबै कर्मचारीले सेयरका लागि फाराम भरेका छन्। कर्मचारी सञ्चय कोषका ४ सय ७७ जना कर्मचारीबाट १५ करोड २७ लाख रुपैयाँ रकम संकलन भएको छ। यसैगरी बिमा संस्थानका १ सय ९२ कर्मचारीबाट ३ करोड ५ लाख रुपैयाँ, नागरिक लगानी कोषका १ सय ९ कर्मचारीबाट ३ करोड ५ लाख रुपैयाँ, नेपाल टेलिकमका ४ हजार ६ सय ३९ कर्मचारीबाट ९ करोड २ लाख रुपैयाँ संकलन भएको छ। साथै विद्युत प्राधिकरणका ८ हजार ९ सय ३३ कर्मचारीबाट ७९ करोड २१ लाख रुपैयाँ संकलन भएको पनि अर्यालले बताए।
आयोजनाले पहिलो चरणमा स्थानीय बासिन्दा, ऋणदाता कम्पनीका कर्मचारी र सञ्चय कोषका सञ्चयकर्ताका लागि ३ अर्ब ५० करोड रुपैयाँको सेयर निष्कासन गरेको हो।
तामाकोसीले अहिलेसम्मकै ठूलो आइपिओ (सेयरको प्रारम्भिक निष्कासन) जारी गरेपछि बहालवाला तथा सेवानिवृत्त सरकारी कर्मचारीले आवेदन भरेका छन्। फागुन ११ गते आवेदन खुला गरेपछि २०६७ साउन १४ गतेसम्म सञ्चय कोषमा बचत गर्ने कर्मचारी आवेदन भरेका थिए।
कम्पनीलाई ऋण दिने कर्मचारी सञ्चय कोष, नेपाल टेलिकम, बिमा संस्थान र नागरिक लगानी कोषका कर्मचारीका लागि भने आफ्नै कार्यालयमा आवेदन बुझाउने व्यवस्था गरिएको थियो। सञ्चय कोषमा रकम जम्मा गर्नेले नागरिक लगानी कोष, एनसिएम मर्चेन्ट बैंक लिमिटेड, कमलपोखरी र वाणिज्य बैंकका ६५ शाखामा आवेदन बुझाउने व्यवस्था गरिएको थियो।
आयोजनाले दोलखाका स्थानीयका लागि १ करोड ५ लाख रुपैयाँ छुट्ट्याइएको छ। तर, आयोजनामा कार्यरत कामदारले समेत सेयर माग गरेपछि स्थानीयलाई छुट्ट्याइएको सेयरका लागि आवेदन लिने काम सुरु हुन सकेको छैन। आयोजनाले सञ्चयकर्ता कर्मचारीका लागि १ करोड ८२ लाख कित्ता सेयर निष्कासन गरेको थियो। आयोजनालाई ऋण दिने कम्पनीमध्ये सञ्चय कोषका कर्मचारीलाई १५ लाख २४ हजार, नागरिक लगानी कोष र बिमा संस्थानका कर्मचारीलाई ६ लाख ८ हजार, नेपाल टेलिकमका कर्मचारीलाई ९ लाख १४ हजार र नेपाल विद्युत प्राधिकरणका कर्मचारीलाई ४० लाख ६६ हजार कित्ता सेयर छुट्ट्याइएको छ।
आयोजनाले पहिलो चरणमा स्थानीय बासिन्दा, ऋणदाता कम्पनीका कर्मचारी र सञ्चय कोषका सञ्चयकर्ताका लागि गरेको हो। दोस्रो चरणमा सर्वसाधारणका लागि १ अर्ब ५८ करोड रुपैयाँको सेयर निष्कासन हुँदैछ। class="itemFullText" style="text-align: justify;">नागरिक दैनिकबाट class="fb-background-color"> class = "fb-comments" data-href = "http://www.sahakarikhabar.com/2015/03/30/%e0%a4%b8%e0%a4%9e%e0%a5%8d%e0%a4%9a%e0%a4%af%e0%a4%95%e0%a4%b0%e0%a5%8d%e0%a4%a4%e0%a4%be%e0%a4%b2%e0%a5%87-%e0%a4%ae%e0%a4%be%e0%a4%97%e0%a5%87-%e0%a5%a7%e0%a5%a6-%e0%a4%97%e0%a5%81%e0%a4%a8/" data-numposts = "10" data-lazy = "true" data-colorscheme = "light" data-order-by = "social" data-mobile=true>

अभिलेख

लोकप्रिय