२१ कात्तिक २०८३, शनिवार

कानुनविपरित सेयर आव्हान गर्यो साहज उर्जाले, सर्वसाधरण ठगिने प्रवल सम्भावना, सहकारीकाे पनि लगानी

२०७१ चैत १६, सोमबार
कानुनविपरित सेयर आव्हान गर्यो साहज उर्जाले, सर्वसाधरण ठगिने प्रवल सम्भावना, सहकारीकाे पनि लगानी

काठमाण्डू । ८६ मेगावाटको सोलुखोला (दूधकोसी) आयोजनाको मुख्य लगानीकर्ता साहस उर्जा लिमिटेडले कानूनविपरीत सर्वसाधारणलाई सेयर लगानी आहृवान गरेको छ ।

धितोपत्र बोर्डको अनुमतिविना र आयोजनाबारे विस्तृत जानकारी नदिई सर्वसाधारण ठगिने गरी कम्पनीले संस्थापक सेयरमा लगानी गर्न सार्वजनिक आहृवान गरेको हो ।

आयोजनाको प्रवर्द्धक कम्पनी हाइड्रो भेन्चरमा साहस उर्जाको ८६ प्रतिशत सेयर छ । आयोजनाको सम्भाब्यता अध्ययन पूरा भएको छ, तर विस्तृत अध्ययन पूरा भइसकेको छैन । आयोनामा कति लगानी हुने हो भन्ने स्ष्ट भएको छैन, तर सेयरका नाममा सर्वसाधारणबाट पैसा उठाउन थालिएको छ ।

सेयर जारी गर्दा कम्पनी स्थापनादेखि अहिलेसम्मको संक्षिप्त इतिहास, कम्पनीको उद्देश्य, पुँजी संरचना, नाफा(नोक्सान हिसाब, कम्पनीका संस्थापक लगानीकर्ताको विवरण, सम्भावित जोखिम लगायत सार्वजनिक गर्नुपर्छ । तर, साहस उर्जाले त्यस्तो कुनै विवरण सार्वजनिक गरेको छैन ।

साहस उर्जाले आइतवार मिडियामार्फत सार्वजनिक सूचना जारी गर्दै संस्थापक सेयरमा लगानी गर्न ब्यक्ति, संघ, संस्था, समूह सबैलाई आहृवान गरेको हो । कम्पनीले सर्वसाधारणका लागि सेयर जारी गर्दा अपनाउनुपर्ने न्यूनतम प्रक्रियासमेत पूरा नगरी सेयरमा लगानी आहृवान गरेको छ ।
नयाँपत्रिका दैनिकबाट

अभिलेख

लोकप्रिय