२१ कात्तिक २०८३, शनिवार

असल सहकारी संस्था कुन हो ?

२०७१ चैत १६, सोमबार
असल सहकारी संस्था कुन हो ?

आफ्नो उद्देश्यतर्फ लागेको संस्था नै असल सहकारी हो । प्रारम्भिक सहकारी संस्थाले आफ्ना संस्थाहरुको आर्थिक सामाजिक हित प्रवद्र्धन गर्ने गरी मुख्य उद्देश्यलाई परिभाषित गर्नुपर्छ र यी उद्देश्यहरु सामान्य वा जनहित अनुकूल हुनुपर्छ भन्ने सहकारी विद्धान पुरीको सुझाव छ ।

छद्म सहकारी संस्था असल सहकारी संस्था हुन सक्दैन । असल सहकारी संस्थाले सहकारितामा सही कार्यशैलीहरु अपनाएर आफ्ना सदस्यहरुलाई सेवा दिन खोज्दछन् । असल सहकारी संस्थाले राम्रोसंग व्यवसाय संचालन गरेका हुन्छन् र सदस्यहरुले गरेको योगदानलाई उचित आर्थिक पुरस्कार दिएर कदर गर्ने क्षमता पनि राख्दछन् । साथै सबै व्यवसायिक संस्थाहरु असल सहकारी व्यवसाय नहुन पनि सक्दछन् । प्रशस्त मुनाफा आर्जन गरेका सहकारी व्यवसायहरुमा पनि असफल हुने गर्दछन् भने अर्कोतिर पारविन्दु (नाफाघाटा)मा रहेका सहकारी व्यवसायहरु सफलतातिर अग्र्रसर भएका पाइन्छन् भन्ने धारणा अमेरिकन सहकारीकर्मी मुरे लिंकनको रहेको छ ।
स्रोत ः केन्द्रीय सहकारी प्रशिक्षण केन्द्र

अभिलेख

लोकप्रिय