२१ कात्तिक २०८३, शनिवार

सिनेमान्डुको दोस्रो वार्षिक उत्सवको अवसरमा ‘लाहुरे’

२०७१ चैत १६, सोमबार
सिनेमान्डुको दोस्रो वार्षिक उत्सवको अवसरमा ‘लाहुरे’

काठमाडौं । व्यावसायिक रूपमा सफल मानिएको चलचित्र ‘लाहुरे’ सोमबार राजधानीमा प्रर्दशन गरिएको छ । भारतीय दूतावास र बीपी कोइराला नेपाल भारत प्रतिष्ठानद्वारा आयोजित ‘सिनेमान्डु’को २४औं शृंखलामा यस पटक यो चलचित्र प्रदर्शन गरिएको हो ।

निश्चल बस्नेत निर्देशित चलचित्र ‘लुट’को प्रदर्शनसँगै सुरु भएको सिनेमान्डुको दोस्रो वार्षिक उत्सवको अवसर पारेर चलचित्र लाहुरे प्रदर्शन गरिएको दूतावासका प्रथम सचिव अभय कुमारले बताए ।

Lahurein 24th edition of Cinemandu2
आगामी महिनाहरूमा पनि यस्तै सफल चलचित्र प्रदर्शन गरिने पनि उनले बताए । लाहुरेका अभिनेता एवं निर्माता श्रवण घिमिरेले नेपाली चलचित्रको आरोह–अवरोहका अवस्थाबारे कार्यक्रममा चर्चा गरे । तुलसी घिमिरे निर्देहित यो चलचित्रमा डेनी डेन्जोङपा, तृप्ती नाडकर लगायतका कलाकार रहेका छ । विगत दुई वर्षदेखि नेपाली चलचित्रलाई बौद्धिक दर्शकमाझ प्रदर्शन गर्दै आएकोमा निर्माता घिमिरेले भारतीय दूतावासलाई धन्यवाद ज्ञापन गरे । दूतावासको सिनेमान्डु, पोयमान्डुल गायतको कार्यक्रमले नेपाल र भारतको सिनेमा, साहित्य, संस्कृतिलाई जोडेको घिमिरेको भनाई थियो ।

अभिलेख

लोकप्रिय