२१ कात्तिक २०८३, शनिवार

सहकारी दिवस मनाउन काठमाण्डू जिल्ला संघको स्किम

२०७१ चैत १४, शनिवार
सहकारी दिवस मनाउन काठमाण्डू जिल्ला संघको स्किम

काजी श्रेष्ठ
काठमाण्डू । जिल्ला सहकारी संघ काठमाण्डूले ५८ औं राष्ट्रिय सहकारी दिवस मनाउनका लागि विभिन्न स्किम ल्याएको छ । स्किम संगै काठमाडौंका सहकारीहरुमा हंगामा मच्चिएको छ ।

सहकारी शिक्षा र जागरण चलाउने नाममा संघहरुको यस्तो स्किम प्रारम्भिक संस्थाहरुलाई अपाच्य भएको एक सहकारीकर्मीले बताए । संघहरु प्रति अविश्वास बढ्दै गएको बेला यस्ता कार्यक्रमले आफ्नै शाख गिर्ने कतिपय सहकारीकर्मीहरुको बुझाई छ । स्वत स्फूर्त रुपमा सहयोग माग्नु पर्ने ठाउँमा स्किम ल्याए पैसा उठाउने काम भएको सहकारीकर्मीको भनाई छ ।

स्किम ल्याए पैसा उठाएर कार्यक्रम गर्नु ठिक होइन । यो विज्ञापनै हो । सहकारीले यस्तो कार्य गर्नु हुदैन’ उनले भने ।
स्किमबाट पैसा माग्नु भन्दा सहकारी क्षेत्रको प्रर्वद्धन गर्नका लागि छुट्टै नियम बनाउनु पर्ने उनको धारणा छ । स्किमबाट उठेको पैसाको सदुपयोग हुने आधार के ? ति सहकारीकर्मीले प्रश्न गरे ।

यस्तो छ स्किम
१) २ हजार रुपैंया देखि ३ हजार रुपैंया सम्म
२ टिसर्ट र २ टोपी दिने ।

२) ३ हजार १ रुपैंया देखि ५ हजार रुपैंया सम्म
२ टिसर्ट, २ टोपी र चैत २० पछि प्रसंसापत्र दिने ।

३) ५ हजार १ रुपैंया देखि १० हजार रुपैंया सम्म
२ टिसर्ट, २ टोपी, चैत २० पछि प्रसंसापत्र र कार्यक्रममा सहयोगी संस्था भनी व्यानर राख्ने ।

४) १० हजार १ रुपैंया देखि २५ हजार रुपैंया सम्म
४ टिसर्ट, ४ टोपी, चैत २० पछी प्रसंसापत्र, कार्यक्रममा सहयोगी संस्था भनी व्यानर राख्ने, कार्यक्रममा १ पटक नाम उद्घोष गर्ने ।

५) २५ हजार १ रुपैंया देखि ५० हजार सम्म
४ टिसर्ट, ४ टोपी, कार्यक्रममा सहयोगी संस्था भनी व्यानर राख्ने, कार्यक्रममा २ पटक नाम उद्घोष गर्ने र प्रमुख अतिथिबाट प्रसंसापत्र कार्यक्रम स्थलमा नै दिने ।

६) ५० हजार १ रुपैंया देखि १ लाख सम्म
१० टिसर्ट, १० टोपी, कार्यक्रमको मुल व्यानरमा नै सहयोगी संस्था भनी नाम राख्ने, कार्यक्रममा ४ पटक नाम उद्घोष गर्ने र प्रमुख अतिथिबाट प्रसंसापत्र कार्यक्रम स्थलमा नै दिने ।

७) १ लाख १ रुपैंया देखि माथि
१० टिसर्ट, १० टोपी, कार्यक्रममको मुल व्यानरमा नै सहयोगी संस्था भनी नाम राख्ने, कार्यक्रममा ४ पटक नाम उद्घोष गर्ने, प्रमुख अतिथिबाट कार्यक्रम स्थलमा नै दिने र टेलिभिजनमा सहयोगी संस्था भनी प्रसारण गर्ने

वाकाथुनमा सहभागि हुन दर्ता शुल्क ५ सय लाग्ने र १ टिसर्ट र १ टोपी निशुल्क प्रदान गरिने ।

???????????????????????????????

अभिलेख

लोकप्रिय