यसरी मनाइदै छ धादिङमा ‘सहकारी दिवस’
धादिङ । ५८ औं राष्ट्रिय सहकारी दिवस धादिङमा पनि विविध कार्यक्रम गरी मनाइदै छ ।
जिल्ला सहकारी संघ, विषयगत जिल्ला सहकारी संघ र प्रारम्भिक सहकारी संस्थाहरुको उपस्थितिमा जिल्ला सहकारी संघ धादिडका अध्यक्ष्य नेत्रराज पौडेलेको अध्यक्षतामा बसेको बैठकले दिवस भव्यताका साथ मनाउने निर्णय गरेको छ ।
बुधबार संघका अध्यक्ष नेत्रराज पौडेलको अध्यक्षतामा डिभिजन सहकारी कार्यालय १, विषयगत जिल्ला सहकारी संघ ५ र धादिड जिल्लाका सहकारी संस्था ४१० सहित ४१७ सदस्य मूल समारोह समितिकोे गठन गरिएको छ ।
बैठकले सहकारी दिवस मनाउनका लागि जिल्लाका सहकारी संघ संस्थाले आफूलाई पायक पर्ने आफ्नो कार्यक्षेत्रमा कार्यक्रमको आयोजना गरी सहकारी दिवस मनाउन र जिल्लाको सदरमुुकाममा उपस्थित हुन सक्ने सहकारी संघ/संस्थालाई सदरमुकाममा आयोजना हुने कार्यक्रममा सहभागी हन अनुरोध गरेको छ ।
चैत २० गते विहान सदरमुकाम आसपासका सहकारी संस्थाहरुको व्यानर सहितको र्यालीमा सहभागी गराइने जनाएको छ । ¥यालीमा उत्कृष्ट सहभागीता, अनुशासित सहकारीलाई पुरस्कृत गरिने जनाएको छ । र्यालीको स्वतन्त्र मूल्यांकन गर्न नेपाल पत्रकार महासंघ धादिडलाई अनुरोध गर्ने डिभिजन सहकारी कार्यलय धादिङका प्रमुख कृष्णबहादुर बोहराले जानकारी दिए ।
त्यस्तै जिल्लामा वर्षभरी उत्कृष्ट काम गर्ने, सफल सहकारीका संचालक तथा कर्मचारीलाई पनि दिवसको अवसरमा पुरस्कृत गरिने कार्यक्रम तय गरिएको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
