सरकारलाई सहयोग गर्न बैंक तथा वित्तीय संस्थाको भूमिका महत्वपूर्ण
काठमाडौं । उद्यमशीलताको विकासका साथै सरकारलाई सहयोग गर्न बैंक तथा वित्तीय संस्थाको भूमिका महत्वपूर्ण हुने नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले बताएका छन् ।
‘इन्डिपेन्डेन्ट बिजनेस न्युज’ नामक संस्थाले उनको सम्मानमा आज आयोजना गरेको एक कार्यक्रममा उनले निजी क्षेत्र अर्थतन्त्रको संवाहक भएकाले आर्थिक वृद्धिमा सघाउने गतिविधिलाई प्रभावकारी रूपमा सञ्चालन गर्न आफू प्रतिबद्ध रहेको बताए ।
राष्ट्रिय स्वार्थलाई केन्द्रमा राखेर अर्थतन्त्रलाई उँभो लगाउने केन्द्रीय बैंकको प्राथमिकतामा सक्रिय सहयोगको अपेक्षा आफूले बैंक तथा वित्तीय संस्थाबाट गरेको बताउँदै भने–“सुशासन, वित्तीय सुशासन, सुदृढीकरणका लागि सम्झौता गर्न सकिँदैन ।”
निजी क्षेत्रसँग सहजकर्ताको भूमिकामा राष्ट्र बैंकले काम गर्ने र ऐननियम निर्देशिका बनाएर स्वतन्त्र ढङ्गले काम गर्न दिने वातावरण बनाउनुपर्ने मान्यतामा आफू दृढ रहेको बताए ।
नेपाल बैंकर्स सङ्घका अध्यक्ष उपेन्द्र पौडेलले कृषि क्षेत्रमा लगानी बढाउन राष्ट्र बैंकले दिएको निर्देशनलाई बैंक तथा वित्तीय संस्थाहरूले सकारात्मक रूपमा लिएका भएता पनि कृषि उपकरण, सिँचाइ, बीउबिजनजस्ता आधारभूत वस्तुको सुनिश्चितता गर्न सरकारसँग आग्रह गरे ।
कार्यक्रम आयोजक संस्थाका प्रबन्ध निर्देशक हृदयराज गौतमले वित्तीय साक्षरता अभियान गाउँगाउँमा पुर्याउन तथा पूर्वाधार निर्माणमा केन्द्रीय बैंकले सरकारलाई घच्घच्याउनुपर्ने सुझाव दिए ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
