सहकारी र संचारबीच सहकार्य आवश्यक : उप्रेती
काठमाण्डू । राष्ट्रिय सहकारी बैंकका प्रवन्ध संचालक केवी उप्रेतीले सहकारी संघ/संस्था र संचारबीच एक आपसमा सहकार्य गर्न आवश्यक रहेको बताएका छन् । यी दुई निकाय बीच एक आपसमा सहकार्य गरेर अघि बढ्न सके मात्र सहकारी अभियानले फड्को मार्ने उनको भनाई थियो ।
सोमबार नेपाल सहकारी पत्रकार समाज (सिजेएन) र जिल्ला सहकारी संघ काठमाण्डूबीच भएको परिचयात्मक कार्यक्रममा उनले सो कुरा बताएका हुन् । संघका पूर्व अध्यक्ष समेत रहेका उप्रेतीले जिल्ला संघ र सहकारी बैंक सहकारी पत्रकार समाज संग सहकार्य गर्न तयार रहेको बताए । ‘के कति सकिन्छ त्यो अलग कुरा हो । तर हामी एक आपसमा संग संगै जाने कुरामा म सधै तयार छु ।’ उनले भने । पत्रकारहरुले समाचार लेख्दा रिसर्च गरेर, सोधेर मात्र लेख्नु पर्ने उनको भनाई थियो । ‘तीन खम्बे औचित्य होइन भन्ने ढंगले जुन कुराहरु आइरहेको छ । संविधानमा उल्लेख भएको कुरा चल्नु ठिक होइन । यो कुरामा जिल्ला संघले महत्वपूर्ण खेल्नु पर्छ । यि र यस्ता कुरामा पत्रकारहरु संग सहकार्य गरेमा जानु पर्छ ।’ उप्रेतीले भने ।

कार्यक्रममा जिल्ला संघ काठमाडौंका अध्यक्ष टेक प्रसाद चौलागाईले आगामी दिनमा जिल्ला संघ र पत्रकार एक आपसमा मिलेर जाने बताए । ‘तपाइहरु कार्यक्रम लिएर आउनुस् । हामी मिल्ने सम्म काममा सहकार्य गर्न तयार छौं । उनले भने । त्यस्तै सहकारी पत्रकार समाजका अध्यक्ष डिल्ली प्रसाद सापकोटाले संघले पत्रकारहरुको क्षमता अभिवृद्धिका लागि शिक्षा, तालिम र भ्रमणमा जोड दिनुपर्ने बताए ।

कार्यक्रममा जिल्ला संघका उपाध्यक्ष ज्ञानबहादुर तामाङ, महिला उपाध्यक्ष शोभा सापकोटा, महासचिव खेमराज सुवेदी, सचिव रामचन्द्र अर्याल लगायत संचालकहरुको उपस्थिती रहेको थियो । त्यस्तै सहकारी पत्रकार समाजका सल्लाहकार यादव हुमागाई, उपाध्यक्ष राजेश खनाल, सचिव खिलानाथ दाहाल, कोषाध्यक्ष काजी श्रेष्ठ लगायत सदस्यहरुको उपस्थित रहेको थियो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
