पर्सामा सहकारी समन्वय सञ्जाल गठन
विरगंज । पर्सा जिल्लाका सहकारीकर्मीहरुको भेलाले जिल्लाको सहकारी अभियानलाई नियमन र सुशासनमा सहजीकरणका लागि सहकारी समन्वय सञ्जाल, पर्सा गठन गरेको छ ।
आइतबार जिल्लाका अगुवा सहकारीकर्मीहरु,खडिभिजन सहकारी कार्यालय पर्साका प्रमुख र राष्ट्रिय सहकारी बैंक लि. शाखा कार्यालय विरगंजका प्रमुखसहितको भेलाले सहकारी मुल्य, मान्यता र सिद्धान्त अनुरुप संचालन नभएका र लामो समयदेखी निष्क्रिय भएका सहकारी संघ/संस्थाहरुलाई सक्रिय बनाई जिल्लाको सहकारी अभियानलाई अघि बढाउन उक्त सञ्जाल गठन गरेको हो ।
जिल्ला सहकारी संघ पर्साको अध्यक्ष जोखन दास थारुको अध्यक्षतामा गठीत नौं सदस्यीय सहकारी समन्वय सञ्जालमा संयोजक जिल्ला सहकारी संघ पर्साका अध्यक्ष जोखन दास थारु, सदस्यहरुमा क्रमस, बचत तथा ऋण सहकारी संघ पर्साका अध्यक्ष राजेश पंडित, कृषि सहकारी संघका अध्यक्षनरेश जयसवाल, अन्नपुर्ण दुग्ध उत्पादक सहकारी संस्था, विरुवागुठी पर्साका अध्यक्ष तोयानाथ पौडेल, शुभलक्ष्मी बहुउद्धेशिय सहकारी संस्थाका प्रबन्धक पुजा दाहाल, जय जगदम्बा उपभोक्ता सहकारी संस्थाका प्रबन्धक अमित प्रसाद चौधरी, पर्साका सञ्चारकर्मी उज्जवलघिमिरे, राष्ट्रिय सहकारी बैंक विरगंजका शाखा प्रमुख युवराज त्रिपाठी र सदस्य सचिव डिभिजन सहकारी कार्यालय पर्साका प्रमुख राजु प्रसाद साह रहेका छन् ।
भेलाले ५८ औं राष्ट्रिय सहकारी दिवस भव्य रुपमा मनाउने निर्णय समेत गरेको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
