२१ कात्तिक २०८३, शनिवार

हातेमालोको टोलीद्धारा किसान सहकारीको अवलोकन

२०७१ चैत ८, आईतवार
हातेमालोको टोलीद्धारा किसान सहकारीको अवलोकन

नवलपरासी । सिमरास्थित हातेमालो बचत तथा ऋण सहकारी संस्थाका सञ्चालकहरुको क्षमता विकास सम्वन्धी नवलपरासीको गैंडाकोटमा भई रहेको चार दिने आवासीय तालीमको क्रममा एशियालीस्तरको ब्राण्डप्राप्त किसान साकोस गैंडाकोटको स्थलगत अवलोकन गरेको छ ।

सो संस्थाको अवलोकन गरी ज्ञान, सीप र क्षमता अभिवृद्धि गर्ने उद्धेश्यका साथ भ्रमण तथा स्थलगत तालीम गरिएको संस्थाका अध्यक्ष कृष्ण पौडेलले बताए ।

अवलोकनको क्रममा हातेमालोको टोलीलाई किसान सहकारीका व्यवस्थापक नवराज सापकोटाले संस्थाको प्रगति तथा अठार वर्षको अनुभव जानकारी गराएका थिए ।

अवलोकनपछि संस्थाकी उपाध्यक्ष सीता गुरुङले सहकारीहरुवीच मैत्रीपूर्ण सम्वन्ध र आपसी सदभावना भ्रमणले सहकारी अभियानलाई सहयोग पुग्ने र सिकाई अनुशरण प्रभावकारी हुने बताए ।
एशियाली ऋण महासंघको प्रवद्र्धन र नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) को प्राविधिक सहयोगमा सञ्चालित तालीममा सञ्चालक समिति र विभिन्न उपसमितिका पदाधिकारीहरु, कर्मचारी तथा शेयर सदस्यहरु गरी ३५ जनाको सहभागिता रहेको छ ।

२०६५ जेठमा स्थापना भएको हातेमालो सहकारीमा हाल एक हजार पांच सय सदस्यहरुवीच साढे पन्ध्र करोडको कारोवार गरिरहेको र मध्यतराईको उत्कृष्ट सहकारी संस्थाको रुपमा काम गरिरहेको छ ।

अभिलेख

लोकप्रिय