२१ कात्तिक २०८३, शनिवार

सहकारी सक्षम खम्बाको रुपमा स्थापित हुन सकेन- ओमदेवी

२०७१ चैत ६, शुक्रबार
सहकारी सक्षम खम्बाको रुपमा स्थापित हुन सकेन- ओमदेवी

काठमाडौं । सभासद् ओमदेवी मल्लले सहकारीको विकासका लागि राज्यले बजेट विनियोजनमा कन्जुस्याई गरेको बताएकी छिन् ।

सूचना चौतारी सञ्चार सहकारीको आयोजनामा सहकारी डबलीको १२ औं श्रृङ्खलामा भएको ‘संघको नेतृत्वमा महिलाहरुको चुनौती र अवसर’ विषय अन्तरक्रिया कार्यक्रममा बोल्दै सहकारीमा ० दशमल २३ प्रतिशत पनि बजेट विनियोजन गर्न नसकेकाले सहकारी सक्षम खम्बाको रुपमा स्थापित हुन नसकेको बताएकी हुन् । सहकारी क्षेत्रमा महिला नेतृत्वमा आउनका लागि महिला जागरुक र सक्षम हुन आवश्यक भएको चर्चा गर्दै मल्लले महिला नेतृत्वमा आउन शिक्षा र तालिम आवश्यक रहेको धारणा राखिन् ।

सहकारीका संघहरुमा महिला ४० प्रतिशत नेतृत्वतहमा लैजाने प्रावधान भएपनि कार्यान्वयन हुन नसकेको दुःख व्यक्त गरिन । कार्यक्रममा राष्ट्रिय सहकारी बैंककी सञ्चालक सरिता भट्टराई तिमिल्सिनाले महिला आर्थिक क्षेत्रमा संवेदनशील हुने भएकाले नेतृत्वतहमा पनि महिला आउन जरुरी रहेको बताइन ।

काठमाडौं जिल्ला सहकारी संघका सञ्चालक अमरावती महर्जनले महिलाको नेतृत्व विकासका लागि संघले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताइन । त्यस्तै ललितपुर जिल्ला बचत संघका लेखा समिति सदस्य ससी खड्काले महिलालाई घरपरिवारबाटै चुनौति बढ्दै जाने गरेको बताइन ।

अभिलेख

लोकप्रिय