सहकारी सक्षम खम्बाको रुपमा स्थापित हुन सकेन- ओमदेवी
काठमाडौं । सभासद् ओमदेवी मल्लले सहकारीको विकासका लागि राज्यले बजेट विनियोजनमा कन्जुस्याई गरेको बताएकी छिन् ।
सूचना चौतारी सञ्चार सहकारीको आयोजनामा सहकारी डबलीको १२ औं श्रृङ्खलामा भएको ‘संघको नेतृत्वमा महिलाहरुको चुनौती र अवसर’ विषय अन्तरक्रिया कार्यक्रममा बोल्दै सहकारीमा ० दशमल २३ प्रतिशत पनि बजेट विनियोजन गर्न नसकेकाले सहकारी सक्षम खम्बाको रुपमा स्थापित हुन नसकेको बताएकी हुन् । सहकारी क्षेत्रमा महिला नेतृत्वमा आउनका लागि महिला जागरुक र सक्षम हुन आवश्यक भएको चर्चा गर्दै मल्लले महिला नेतृत्वमा आउन शिक्षा र तालिम आवश्यक रहेको धारणा राखिन् ।
सहकारीका संघहरुमा महिला ४० प्रतिशत नेतृत्वतहमा लैजाने प्रावधान भएपनि कार्यान्वयन हुन नसकेको दुःख व्यक्त गरिन । कार्यक्रममा राष्ट्रिय सहकारी बैंककी सञ्चालक सरिता भट्टराई तिमिल्सिनाले महिला आर्थिक क्षेत्रमा संवेदनशील हुने भएकाले नेतृत्वतहमा पनि महिला आउन जरुरी रहेको बताइन ।
काठमाडौं जिल्ला सहकारी संघका सञ्चालक अमरावती महर्जनले महिलाको नेतृत्व विकासका लागि संघले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताइन । त्यस्तै ललितपुर जिल्ला बचत संघका लेखा समिति सदस्य ससी खड्काले महिलालाई घरपरिवारबाटै चुनौति बढ्दै जाने गरेको बताइन ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
