राष्ट्र बैंकका १६ औं गभर्नर नेपाल
काठमाडौं । डाक्टर चिरञ्जीवी नेपाल राष्ट्र बैंकको गभर्नरमा नियुक्त भएका छन् । आज बसेको मन्त्रिपरिषदको बैठकले पाँचवर्षे कार्यकालका लागि नेपाललाई गभर्नर पदमा नियुक्त गरेको हो । एक दर्जन बढी आकांक्षी र दुईजना प्रतिस्पर्धीलाई पछार्दै डा नेपाल मुलुकको केन्द्रीय बैंकको १६ औं गभर्नर बनेका हुन ।
फागुन १२ गते अर्थमन्त्री डा. रामहरण महतको संयोजकत्वमा मन्त्रिपरिषदले गठन गरेको गभर्नर सिफारिस समितिले बुधबार नै नेपाल र राष्ट्र बैंकका डेपुटी गभर्नरद्वय गोपाल काफ्ले र महाप्रसाद अधिकारीको नाम गभर्नरका लागि सिफारिस गरेको थियो । मन्त्रिपरिषदको आजको बैठकले समितिले सिफारिस गरेका तीन जनामध्येबाटै नेपाललाई गभर्नरमा नियुक्ति गरेको हो ।
गभर्नर सिफारिस समितिमा संस्थापक गभर्नर हिमालयसमशेर राणा, अर्थशास्त्री पार्थिवेश्वर तिमल्सिना सदस्य रहेका थिए । नवनियुक्त गभर्नर डा नेपाल यसअघि प्रधानमन्त्रीका आर्थिक सल्लाहकारका रूपमा कार्यरत थिए ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
