योगा सबैले सजिलै पहुँच राख्न सक्ने सर्भसुलभ विज्ञान-ठाकुर
काठमाडौं । योग चिकित्सक डा.भरत ठाकुरले योगा सर्वसुलभ विज्ञान भएको बताएका छन् । पहिलो अन्तर्राष्ट्रिय योगा दिवसको पूर्वसन्ध्यामा भारतीय दूतावासले बुधबार आयोजना गरेको भोइसको २५औं संस्करणमा बोल्दै ठाकुरले सो कुरा बताएका हुन् ।
योगा सबैले सजिलै पहुँच राख्न सक्ने सर्भसुलभ विज्ञान भएको र जसद्वारा दिमागको परिवर्तन संयोजन गर्ने उनको भनाई यियो । ‘योगा जीवनको एउटा महत्वपूर्ण मार्ग हो, यसले कसैलाई पनि हानि गर्दैन ।’ उनले भने ‘जीवनकै एउटा पाटो योग नै हो । हरेक क्षण लिने श्वासलाई ध्यानपूर्वक मनन गर्दा महत्वपूर्ण प्राणायम गरेको प्रमाणित हुनेछ । तपाईं जुनसुकै स्थानमा पनि योगा गर्न सक्नुहुन्छ ।’ ठाकुरले विभिन्न योगाजस्तै हथा, अष्ठानंग, कर्म, कुण्डलिनीमा दक्षता हासिल गरेका छन् ।
विभिन्न आसनका व्याख्या गर्दै उनले पाठकलाई योगबारे प्रयोगात्मक ज्ञानसमेत बाँडे । ‘योगाको कुनै धर्म वा विश्वाससँग सम्बन्ध छैन,’ डा. ठाकुरले स्पष्ट पारे । भारतीय दतावासका प्रथम सचिव तथा बीपी कोइराला नपाल–भारत कोषका सचिव अभय कुमारले ठाकुरलाई मायाका चिनो प्रदान गरे ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
